सास्कृतिको संरक्षण र प्रर्वद्धन गर्न स्वामीकार्तिकद्धारा दमाई जातीलाई हुड्केउली पोषाक

Radio Budhinanda FM -   BFM || २०७७ पुस २३ बिहिबार

जीवन कैला

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले गाउँपालिकाको संकृतिको संरक्षणका लागि दमाई जातीलाई पोषाक र पञ्चेवाजाका सामाग्रि वितरण गरेको छ । वुधवार गाउँपालिकाका पाचँ वटै वडाका वडाअध्यक्षलाई मोटरसाईकल वितरण गरेको गाउँपालिकाले आज दमाई जातिका अगुवालाई पन्चेवाजा अन्र्तगतका सामाग्रि र हुडक्ेउली पोषाक वितरण गरेको बताईएको छ । गाउँपालिकाका संकृतिलाई संरक्षण र प्रर्वद्धन गर्ने उद्देश्यले गाउँपालिका भित्रका सम्पुणर् दमाईजातीका अगुवाहरुलाई पन्चेवाजा अन्र्तगतका सामाग्रि र हुडक्ेउली पोषाक प्रदान गरेको गाउँपालिकाले जनाएको छ ।

पछिल्लो समय नयाँ प्रविधिको विकाश भए संगै लोपोन्मुख अवस्थामा पुगेका लोकवाजा र पोषाकको संरक्षणमा टेवा पुर्याउने उद्देश्यले गाउँपालिकाले दमाई जातीलाई पोषाक र पञ्चेवाजाका सामाग्रि वितरण गरेको सुचना अधिकारी कुमेर बहादुर शाहीले जानकारी दिनुभएको छ । गाउँपालिकाको संकृति र सभ्यतालाई जर्गेना गर्नका लागि दमाई जातिका अगुवालाई पञ्चेवाजाका सामाग्रि अन्र्तगत सहनाई एक वटा, तुरई ५ वटा, नरसिङ्गा ३ वटा र ५३ पीस दांैरा सुरुवाल हस्तान्त्रण उहाँले बताउनुभएको छ । नरसिङ्गा र सहनाई दमाई जातिलाई प्रदान गरीएको छ भने अन्य सामाग्रि हुडकेउली जातीलाई प्रदान गरीएको छ । सामाग्रि हस्तान्त्रण कार्यक्रममा वोल्दै गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाहीले आर्थिक अबस्था कमजोरका कारण दमाई जातीको पेशा नै संकटमा परेको बताउनुभयो । दमाई जातिले साामन्य पोशाक पनि किन्न नसकेका कारण पोशानै संकटमा परेको बताउदै उहाँले गाउँपालिका भित्रका दमाई जातिका प्रत्यक घर धुरीलाई उक्त सामाग्रि वितरण गरेको बताउनुभयो ।उहाँले गाउँपालिकाको धार्मिक, संस्कार, संस्कृति तथा भुषभुषालार्ई जोगेर्ना गर्नका लागि आफु लागिरहेको पनि बताउनुभएको छ । विपन्न समुदायको जीवन स्तर माथि उठाउनका लागि यस्ता थुप्रै कार्यक्रम ल्याउने अध्यक्ष शाहीको भनाई छ ।

स्वामीकार्तिक खापर गाउँ कार्यपालिकाका सदश्य स्वर्गिय विरहि विकको सम्झनाको कार्यक्रम अन्र्तगत जेष्ठनागरीकलाई चिसोबाट जोगिनका लागि कम्वल वितरण गर्ने बताउनुभयो । अर्को प्रसंगमा बोल्दै गाउँपालिकाका अध्यक्ष शाहीले स्वामीकार्तिकका सवै जनताले एक भएर विकाश गर्नुपर्ने उल्लेख गर्नुभएको छ । कार्यक्रममा बोल्दै नेकपा सुदरपश्चिम प्रदेश कमिटी सदश्य रंगमान शाहीले गाउँपालिकाले दमाई जातिको लोपहुन लागेको हुड्केउलि र झाँक्री पेसालाई प्रवर्दन र संरक्षण गर्ने उद्देश्यले सो कार्यको राम्रो थालनि गरीएको प्रति खुसी ब्यक्त गर्नु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका नेता शाहीले गाउँपालिकाले दमाई जाती प्रति गरेको कार्य प्रसंशनिय रहेको बताउदै यसलाई सम्मान गर्नुपर्ने बताउनुभएको छ ।  केपी ओली नेतृत्व समुहका केन्द्रिय सदश्य समेत मानिुनभएका नेता शाहीले नेकपाको राष्टिय राजनितिमा आएको तरंगलाई आंैल्याउदै आफु नेकपाको प्रदेश कमिटी सदस्य भए पनि केही साथिहरूले ओलि समुहबाट केन्दीय सदस्य बनाएको भएपनि आफुले सफद ग्रहण नगरेको स्पष्ट पार्नुभएको छ । नेकपा स्वामीकार्ति गाउँपालिकालाई एक ढीक्का बनाउनुपर्ने उद्देश्यले आफु कुनै समुहका कार्यक्रमा नगएको र अरुलाइपनि नजान आग्रह गर्नु भयो । आफु पाटी फुटको पक्षमा नभई पाटी कमीटीलाइ एक जुट गर्नमा सक्रीयहुने समेत बताउनु भएको छ ।

यस अघि  केपी शर्मा ओली निकट मानिुभएका नेता शाहीलाइ अचानक ओली नेतृत्वको नेकपाको केन्द्रि सदश्य भएको टिप्पणी गरे पनि आफुले अहिले सम्म सफद ग्रहण नगरेको र पछि पनि नगर्ने दावि गर्नुभएको छ । गाउँपालिकाका प्रशासन सहायक कणर्विर बुढाले सञ्चालन गर्नुभएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाहीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा नेकपा प्रदेश कमिटी सदश्य रंगमान शाही प्रमुख अतिथि रहनुभएको थियो ।

नेकपा जिल्ला कमिटी सचिवालय सदस्य लोकजगं हमाल, नेकपा जिल्ला कमिटी सदस्य रत्नचन्द्र जोशी, चाउरे विक, विरेन्द्र रोकाया, गाउँकमिटी अध्यक्ष शुबणर् शाही प्रत्यक वडा अध्यक्ष कार्यपालिका सदस्य लगात स्थानिय झाँकीहरूको सहभागिता रहेको बताईएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल