सरकारी श्रम शोषणमा अतिरिक्त हुलाकी

Radio Budhinanda FM -   BFM || २०७७ पुस १९ आइतबार


नहकुल जोशी

लामो समय देखि सरकारी सेवामा रहेका अतिरिक्त हुलाक सेवाका कर्मचारीहरुले सरकारले नै श्रमको शोषण गरेको बताउदै आएका छन । लामो समय देखि सरकारी सेवामा रहेर काम गरिरहेको भए पनि सरकारले सामान्य मजदुर सरह पनि तलव सुविधा नदिएको उनीहरुको भनाई छ ।

२०४१ सालमा हुलाक सेवामा प्रवेश गरेका स्वामीकार्तिक खापर गाउँपालिका चार वाईका मयादत्त जोशीले ९५ रुपैयाँबाट शुरु गरेको जागिर अवधि भने ३५ बर्ष वितेको छ । अन्य सेवामा भए पेन्सन भई सक्ने अवस्था भए पनि अतिरिक्त हुलाक सेवामा स्थायी हुने आशामा काम गरेका उनको हालको वेतनभने ७,२०० मात्र छ । दिनको २ सय ४० रुपैयाले जहानपरिवारलाई पाल्न पनि नपुग्ने उनको भनाई छ । सामान्य मजदुरको समेत दिनमा ६०० रुपैयाँ वेतन हुने भए पनि सरकारले कर्मचारीकै श्रम शोषण गरेको उनीहरुले बताउने गरेका छन ।

अस्थाई प्रकृतिका छोटी हुलाक लाइनको सिर्जना गरेको तत्कालिन सरकारले भविश्यमा स्थायी हुने आश समेत देखाएको थियो । तर आश गर्दा गर्दै समय र उमेरले पनि डाँडो काटेपछि अतिरित्त हुलाकीहरुलाई निराशै निराशा छ । मयादत्त जोशी जस्तै अतिरिक्त हुलाक सेवामा डाँक बहाक, हल्कारा लगायतका श्रेणीविहिन पदमा रहेका देशभरका झण्डै १० हजार कर्मचारीहरुले दिनको २४० रुपैयामा कामगर्नु परेको छ ।

सरकारले दिएको तलवले आफू एक्लैलाई पनि एक महिना खान पुग्दैन, कसरी जहाँन बच्चा पाल्नु र पढाउनु ? अर्का हुलाकी कर कठायतले बताए । सरकारी काम न्युन ज्यालाको हुदा काम बाहेकको समयमा अन्य  कुनै काम खोज्नुको विकल्प छैन उनको भनाई छ । नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मजदुरहरुको न्युनतम पारिश्रमिक १३ हजार ४५० तोकेको छ । मजदुरको न्युनतम पारिश्रमिक १३ हजार ४५० तोक्ने सरकारले आफ्ना कर्मचारीहरुलाई ७ हजार २ सय दिएर श्रमको चरम शोषण गरिरहेको अतिरिक्त हुलाकीहरुको गुनासो छ ।

बाजुरामा मात्र अतिरिक्त हुलाकीहरुको संख्या ७५ जना छ भने देशभर झण्डै १० हजार जना कर्मचारीहरु रहेका छन । त्यस्तै करार सेवामा काम गर्ने हुलाकीहरु पनि मासिक ८००० मा काम गर्न वाध्य बनेका छन । एकै लाइनमा काम गर्ने स्थायी कर्मचारीले निजामति कर्मचारी स्वसरह सेवा पाइरहदा सोहि लाइनमा काम गर्ने हुलाकीहरुको भने जहान पाल्नै धौ धौ भएको उनीहरुको गुनासो छ । सरकारले आफूहरुलाई खाली अल्झाउने काम गरेको भन्दै अतिरिक्त हुलाकीहरुले कित सेवा सुविधा दिएर सो लाइन खारेज गर्नु पर्ने कि त  श्रम ऐन अनुसार तलव दिनुपर्ने बताउदै आएका छन । आफ्ना मागहरुको सुनुवाई गराउन भन्दै पटक पटक आन्दोलन समेत गरेका हुलाकीहरुले सरकारी शोषणबाट आफूहरु प्रताडित भएको बताएका हुन । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल