साग टिप्दा पञ्चायतकाे ५ हजार जरिवाना : तिर्न नसक्दा महिलाले गरिन् आत्महत्या

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण १६ आइतबार

धनुषा । औरही गाँउपालिका–२ देउरीका रामजीवन यादवकी पत्नी विनितादेवी आफ्ना अन्य दुई साथीसहित विहिवार घाँस काट्न खेत गएका थिए । घाँस काट्ने क्रममा विनितासहित सुमित्रा र बबिताले गाउँकै ओसराबलाको खेतमा साग टिपेको बताइएको छ । सागधनी महिलालगायतले चोरेको आरोप लगाएर खेतमै तीनै जनालाई बाँधेर कुटपिट गरेका थिए । विनिताका श्रीमान् बैदेशिक रोजगारमा गएका छन् । उनले आफुहरु अन्यायमा परेको भन्दै गाउँमा आएर स्थानीय अगुवालाई भनेका थिए । अगुवाहरुले त्यसपछि पञ्चायत डाकेर थप छलफल गर्ने निष्कर्ष निकाले । स्थानीयका अनुसार दउरीको थाननजिक वडा नं.२ का वडाध्यक्ष अमित यादवको अगुवाइमा शुक्रबार बिहान पञ्चायत बसेको थियो ।

पञ्चायतले उल्टै तीनै जना महिलाले नै गल्ती गरेको भन्दै विनितालाई ५ हजार र अन्य दुई जनालाई दुई हजार पाँच सय रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको थियो । पञ्चायतले तत्कालै बिनितालगायत तीनै महिलालाई जरिवाना रकम बुझाउन दबाब दियो । उनीहरुले उल्टै आफूहरुमाथि अन्याय भएकाले तत्कालै जरिवाना तिर्न नसक्ने, भोलि कतैबाट उपाय गरेर तिर्ने भनेका थिए । तर, उनीहरुमाथि झन् दबाब दिन वडाध्यक्ष यादवले प्रहरी बोलाएर समात्न लगाउने धम्काएको स्थानीयले बताएका छन् ।

 

पञ्चायतले तत्कालै बिनितालगायत तीनै महिलालाई जरिवाना रकम बुझाउन दबाब दियो । उनीहरुले उल्टै आफूहरुमाथि अन्याय भएकाले तत्कालै जरिवाना तिर्न नसक्ने, भोलि कतैबाट उपाय गरेर तिर्ने भनेका थिए । तर, उनीहरुमाथि झन् दबाब दिन वडाध्यक्ष यादवले प्रहरी बोलाएर समात्न लगाउने धम्काएको स्थानीयको आरोप

समाजका भद्रभलादमीले भनसुन गर्दा महिलाहरुले शनिबार नै जरिवाना तिर्ने सर्तमा दिउँसो ११ बजे त्यहाँबाट घर गएकी थिइन् । न्याय पाउनुपर्नेमा आफूहरुमाथि झन् अन्याय भएको, समाजमा अपमान भएको र पैसासमेत नभएका कारण बबिताले शुक्रबार घरमा झुण्डिएर आत्महत्या गरेको स्थानीयहरुको भनाई छ । यता वडाअध्यक्ष यादवले पञ्चायतले यस प्रकारको दण्ड सजाय कसैलाई पनि नगरेको दावी गरेका छन् । दुई टोलको विवाद भएकाले मात्र मेलमिलाप गराइदिएको र महिला घरमा पुगेपछि आत्महत्या गरेको उनले बताएका छन् ।

‘पञ्चायतले कसैलाई पनि एक सुका दण्ड जरिवाना गरेको छैन । मेलमिलाप मात्र गराइदिएको हो’, टेलिफोन सम्पर्कमा आएका वडाध्यक्ष यादवले भने, ‘पछि ती महिला घरमा पुगेर आत्महत्या गरेका हुन् ।’ औरही गाउँपालिका अध्यक्ष ब्रह्मदेव यादवले मृतक महिलामाथि अन्यायमाथि थप अन्याय र अपमान गरेकोले सहन नसकेर आत्महत्या गरेको बताएका छन् । उनका दुई छोराछोरी छन् ।

घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न विनिताका ससुराले जिल्ला प्रहरी कार्यालयमा उजुरी समेत दिएका छन् । प्रहरी प्रवक्ता डीएसपी मकेन्द्र मिश्रले घटनाबारेमा थप अनुसन्धान भईरहेको जानकारी दिएका छन् । ‘घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न उजुरी आएको छ । हामी अनुसन्धान गरिरहेका छौं’, उनले भने । डीएसपी मिश्रका अनुसार ती महिला आफ्नै स्टोर कोठाको पंखामा सलले पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेकी थिइन् । वडाध्यक्ष यादवलाई बचाउने प्रयासमा प्रहरी लागेको स्थानीयको आरोप छ । प्रहरीले कानूनी प्रक्रिया पूरा गरी शव पोष्टमोर्टमका लागि जनकपुरस्थित प्रादेशिक अस्पताल ल्याएर राखेको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल