राजनितीक पुर्वाग्रही ढंगले नहेरी पिडीतलाइ न्याय दिन न्यायिक समितिलाइ प्रजिअ गैरेकाे अाग्रह

Radio Budhinanda FM -   BFM || २०७७ पुस २१ मङ्गलबार

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं दुई कोल्टीमा आज सामाजिक कुरीति सम्वन्धि प्रदेश निर्वाचन क्षेत्र नं क स्तरीय एक दिने अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बुढीनन्दा नगरपालिकाको आयोजनामा आज छाउपढि, महिलाहिसां, वालविवाहा न्युनिकरण तथा न्यायिक समितिका अशल अभ्यास र चुनौति विषयक अन्र्तक्रिया कार्यक्रम कोल्टीमा सम्पन्न भएको हो ।

निर्वाचन क्षेत्र नं क का चारवटै पालिकाका न्यायिक समितिका पदाधिकारी तथा सरोकारवाला निकायका विच सम्पन्न कार्यक्रममा स्थानिय तहमा न्यायिक समितिले गरेका अशल कार्य र चुनांैतिका विषयमा छलफल भएको छ । कार्यक्रममा चारवटै स्थानिय निकायका उपप्रमुख तथा न्यायिक समितिका पदाधिकारीले स्थानिय तहमा काम गर्न सहज नभएको बताएका छन । स्थानिय निर्वाचन भए देखि पदभार ग्रहण गरेर न्यायिक समितिको जीम्मेवारी समालेका पालिकाका उपप्रमुखले सामान्य खालका मुद्धा देखि जटिल खालका मुद्धा हेर्ने सम्मको जीम्मेवारी स्थानिय निकायको र  आवश्यक संयन्त्र नभएका कारण काम गर्न असजिलो भएको बताएका हुन ।

कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी कृष्ण गैरेले स्थानिय तहमा रहेका न्यायिक समितिमा आएका मुद्दाहरु राजनितीक पुर्वाग्रही ढंगले नहेरी बास्तविक पिडीतलाइ न्याय दिुन न्यायिक समितिलाइ आग्रह गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी गैरेले जघन्य अपराधका घटनाहरु हरु गाउँ घरमै नमिलाउन समेत अग्रहगर्नु भयो । 

  स्थानिय सरकार सञ्चालन देखि हाल सम्म करीव तिन वर्षको अन्तरकालमा सम्वन्धित स्थानिय पालिकाका न्यायिक समितिमा दर्ता भएका विभिन्न प्रकृतिका मुद्धाहरुको विवरण आज सार्वजनिक गरीएको छ । चार वटै स्थानिय तहका न्यायिक समितिका पादधिकारीले तिन वर्षको अवधिमा आ आफ्नो पालिकामा दर्ता भएका मुद्धाहरुको विविरण आज सार्वजनिक गरेका छन । बुढीनन्दा नगरपालिका न्यायिक परामर्श समिति सदश्य प्रदिपराज जोशीले बुढीनन्दा नगरपालिकामा हाल सम्म ५७ थान मुद्धाहरु दर्ता भएका बताउनुभएको छ । नगरपालिकाको न्यायिक समितिमा आएका मुद्धा, गुनासो र उजुरीहरुको विवरण आज सार्वजनिक गर्दै न्यायिक समिति सदश्य जोशीले २०७५ ७६ मा २५ थान, २०७६ ७७ मा १८ थान र २०७७ ७८ मा १४ थान गरी तिन वर्षको अवधिमा विभिन्न प्रकृतिका कुल ५७ थान मुद्धा नगरपालिकामा दर्ता भएका बताउनुभयो । उहाँले नगरपालिकाको न्यायिक समितिमा दर्ता हुन आएका जग्गथान, वालीविगो, घरयासि झैझगडा लगायतका विभिन्न प्रकृतिका मुद्धाहरु केहि नगरपालिकाको न्यायिक समितिमा छिनोफानो भएका र केहि मुद्धाहरु जिल्लामा सिफारीस गरीएको पनि बताउनुभयो ।

यता प्रहरी नायव उपरीक्षक डिएसपी मदनजीत महराले भने स्थानिय तहका अधिकांस मुद्धाहरु जिल्ला प्रहरी कार्यालयमा आउने गरेका बताउनुभएको छ । उहाँले प्रत्यक स्थानिय तहमा न्यायिक समिति गठन भए पनि उचित काम गर्न नसक्दा स्थानिय तहका प्राय जसो मुद्धा जिल्ला प्रहरी कार्यालयमा आउने गरेका बताउनुभएको छ । राजनितिक हस्तक्षप र पार्टीगत विभेदका कारण पीडितले न्याय पाउन नसकेको बताउदै डिएसपी महराले जगन्य अपराध सम्वन्धिका मुद्धाहरु स्थानिय तहमा मिलेमोतो नगर्न आग्रह समेत गर्नुभयो ।

स्थानिय पालिकाको न्यायिक समितिमा परेका उजुका पीडितहरुले भने समयमा न्याए नपाउने गरेको गरेको गुनासो गरेका छन । बुढीनन्दा नगरपालिकाका उपप्रमुख श्रृष्टि रेग्मीको अध्यक्षतामा सञ्चालन भएको अन्र्तक्रिया कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद गैहे्र, जगन्नाथ गाउँपालिकाका उपाध्यक्ष ऐना गिरी, हिमाली गाउँपालिकाका उपाध्यक्ष चन्द्रादेवि वुढा, शसस्त्र प्रहरी उपरीक्षक दिपक विष्ट, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर वुढा, रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाही चारवटै स्थानिय पालिकाका सम्पुर्ण वडाअध्यक्ष, कार्यपालिकाका सदश्य लगायतको सहभागिता रहेको बताईएको छ ।  


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल