पत्रकारहरु संग हलियाका सवाल र खाद्य अधिकारका बारेमा अन्र्तक्रिया ।।

Radio Budhinanda FM -   BFM || २०७७ पुस १९ आइतबार


जीवन कैला 

बाजुराको कोल्टीमा पत्रकारहरु संग हलियाका सवाल र खाद्य अधिकारका बारेमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । बाजुराका हलियाहरुका सवालको सम्वन्ध फियान नेपालको सहयोगमा रेडियो बुढीनन्दाले अन्र्तक्रिया कार्यक्रम गरेको हो । हलिया मुक्त भएका बाजुराका हलियाहरुले अहिले पनि विभिन्न समस्याहरु खेप्नु परेको तर्फ केन्द्रित छलफलमा अव हलियाका सवाललाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइएको छ । सरकारले हलिया परिवारलाई हलिया मुक्त मात्र गरेको तर उनीहरुका लागि आवश्यक पर्ने आधारभूत आवश्यकता समेत पुरा नगरेका कारण अहिले मुक्त हलिया परिवारलाई खाद्यान्न, स्वास्थ्य उपचार र वालबालिकाको शिक्षामा समेत असर परिरहेको गुनासो समेत बढेको छ । अहिया अगुवा मन्दिर विकले सरकारले घर लगाई दिदैमा सवै काम पुरा भएको जस्तो गरेको बताउनुभयो । रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाहीको अध्यक्षतामा सम्पन्न अन्र्तक्रियाको प्रमुख अतिथि पत्रकार महाँसघ बाजुराका अध्यक्ष प्रकाश सिह रहनुभएको थियो । प्रेस युनियनका पूर्व अध्यक्ष छक्क मल्ल, सुनन्दा दैनिकका सम्पादक नहकुल जोशी, प्रेस संगठनका सहसंयोजक नरदीप ओड लगायत २० बढी पत्रकारहको सहभागितामा सो अन्र्तक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । एच आर सी बाजुराको हलमा सम्पन्न कार्यक्रमको रेडियो बुढीनन्दाका समाचार प्रमुख जीवन कैलाले सञ्चालन गरेको कार्यक्रममा बाजुराका मिडियाले हलियाका सवाललाई प्राथमिकतामा राखेको र आगामी दिनमा पनि थप प्राथमिकतामा राख्नु पर्नेमा जोड दिइएको छ । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल