नेपाली काँग्रेसका जिल्ला कार्य समिति बाजुराका सदश्य बमको ब्रेन ह्यामरेजका कारण मृत्यु

Radio Budhinanda FM -   BFM || २०७७ पुस २६ आइतबार

 


सर्मिला रोकाया 

                         

                        नेपाली काँग्रेस निर्वाचन क्षेत्र नं कको विरोध प्रर्दशन कार्यक्रममा सहभागि भएका नेपाली काँग्रेस बाजुराका जिल्ला कार्य समिति सदश्य चर्तुर बहादुर बमको मृत्युभएको छ । देशै भरि विरोध प्रर्दशन गर्ने कार्यक्रम अन्र्तगत बाजुराको बुढीनन्दा नगरपालिकामा कार्यक्रम हुदै गर्दा एक्कासी ढलेका बमको स्वास्थ्य संस्था पुर्याउदा पुर्याउदै मृत्युभएको प्रहरीले जनाएको छ । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ का ६० बर्षिय बमको ब्रेन ह्यामरेजका मृत्यु भएको हुन सक्ने अनुमान स्वास्थ्यकर्मीले गरेका छन । मृतक बम स्थानिय तहको निर्वाचनमा स्वामीकार्तिक खापर गाउँपालिका वडा नं १ को वडाध्यक्षको प्रत्यासी समेत रहनुभएको थियो । मृतक बमका तीन छोरी र दुई छोरा रहेका छन । आज कार्यक्रममा सहभागि भैरहेको रमयमा बमको निधन प्रति नेपाली काँग्रेस बाजुराले दुख ब्यक्त गरेको छ । नेपाली काँग्रेस बाजुराका सभापति कविराज पण्डिले नेपाली काँग्रेसले एक जना असल नेता गुमाएको प्रतिक्रिया दिनुभयो । रेडियो बुढीनन्दा संग कुरागर्दै सभापति पण्डितले बमको निधन प्रति समवेदना ब्यक्त गर्दै तीन दिन सम्म पार्टीको झण्डा आधा झुकाउने र कुनै पनि औपचारीक कार्यक्रम नगर्ने बताउनुभएको छ । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल