नेपाली काँग्रेस क्षेत्र नं क को विरोध प्रर्दशन कार्यक्रम सम्पन्न

Radio Budhinanda FM -   BFM || २०७७ पुस २५ शनिवार

महेश कार्की

नेपाली काँग्रेस बाजुराले प्रधानमन्त्री के.पी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध आज बाजुराको क्षेत्र नं कको कोल्टीमा विरोध प्रदर्शन गरेको छ । गत पुस ५ गते गरेको संसद विघटनको विरोद्धमा नेपाली काँग्रेस बाजुराले कोल्टीमा विरोद्ध प्रदर्शन गरेको हो । गत पुस ५ गते सरकारले प्रतिनिधि सभा भंग गर्दै आगामी बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको छ । उक्त निणर्यका विरुद्धमा आज कोल्टीमा विरोद्ध प्रदर्शन गरिएको नेपाली काँग्रेस बाजुराले जनाएको छ । पुस १९ मा बसेको केन्द्रीय समितिको बैठकले सबै प्रदेश निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने निणर्य गरे पछि बाजुरामा पनि विरोद्ध प्रदर्शन गरिएको हो । केन्द्रीय कार्यसमितिको बैठकलाई सारेर प्रतिनिधि सभा विघटनविरुद्ध काँग्रेसले तीन चरणको विरोधको कार्यक्रम घोषणा गरेको छ । सोही चरण अनुसार आज बाजुराको कोल्टीमा पनि पहिलो चरणको प्रदर्शन भएको हो ।

  त्यस्तै नेपाली काँग्रेसले दोस्रो चरणमा प्रदेश निर्वाचनलाई थप विकेन्द्रित गर्दै माघ ३ गते देशैभरका ७ सय ५३ पालिकाहरुमा विरोध प्रदर्शन र सभाको आयोजना गरिने जनाएको छ । तेस्रो चरणमा विरोधलाई थप व्यापक बनाउँदै ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन र सभा गरिने जनाएको छ । बुढीनन्दा नगरपालिका वडा नं २ मा पर्ने कोल्टी बजारमा विरोद्ध प्रर्दशन गरि शिव मिलनपार्कमा कोड सभामा परिणत भएको थियो । नेपाली काँग्रेस जिल्ला कार्य समिती उपसभापति गोविन्द बहादुर मल्लको अध्यक्षतामा सम्पन्न भएको विरोद्ध प्रदर्शन कार्यक्रममा जिल्ला कार्य समिती सभापति कविराज पण्डित प्रमुख अतिथी रहनु भएको थियो । नेपाली काँग्रेस जिल्ला कार्य समिती कोषाध्यक्ष नारायण पाध्या, महाधिवेशन प्रतिनिधि पदम गिरी विशिष्ट अतिथि रहनुभएको कार्यक्रममा जिल्ला कार्य समिती सदस्य अर्जुन विष्ट, मोहनसिंह कार्की, नरविर लवार लगायत अतिथी रहनु भएको कार्यक्रमको सञ्चालन युवा नेता रविन्द्र रोकायाले गर्नुभएको थियो । 

नेपाली काँग्रेस जिल्ला कार्य समिती उप सभापति तथा निर्वाचन क्षेत्र नं क का संयोजक मल्लले  विरोद्ध प्रर्दशन कार्यक्रमलाई सम्वोधन गर्दै केपी शर्मा ओलीलाई चित्त नबुझेकै भरमा संसद खारेज गर्ने गरी केपी ओलीले कु गरेको बताउनुभयो ।  

त्यस्तै कार्यक्रममा प्रमुख अतिथी रहनुभएका सभापति पण्डितले यो केपी ओलीको सरकारले नेपालको संविधानमा नभएको अधिकारको प्रयोग गरेर संसद विघटन गरेको आरोप लगाउनुभयो । सभापति पण्डितले अर्को प्रशंगमा बोल्दै कुकुरलाई घिउ पच्दैन भनेझै कम्युनिष्टलाई सत्ता नपचेको कुरा यी घटनाले प्रमाणित भएको बताउनुभयो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल