नगर प्रमुख गिरीले दिए जनजाति परिवारलाई साेलार

Radio Budhinanda FM -   BFM || २०७८ ब‌ैशाख १७ शुक्रबार

जिवन कैला

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं तिनका स्थानिय जनजाति समुदायले सोलार बत्ति पाए पछि खुशि भएका छन । विगत लामो समय देखि अध्यारोमा वस्न वाध्य भएका बुढीनन्दा नगरपालिका वडा नं तिन फुवाका जनजाति परीवारले सोलार बत्ति पाए पछि खुशि भएका हुन ।

नगरपालिकाले विहिवार एक कार्यक्रमको आयोजना गरी फुवाका ३० घर परीवारलाई एक एक सेट सोलार बत्ति वितरण गरेको नगरपालिकाका कर्मचारी गोकर्णराज रेग्मीले जानकारी दिनुभयो । विध्युत सेवा नपुगेको सो ठाउँमा सोलार सेट पाउदा आफु खुशि भएको वडा नं तिन फुवाका स्थानिय हजारी थापाले बताउनुभएको छ । हाल सम्म पनि उज्यालाको पहुँच भन्दा वाहिर रहेको र विगत जस्तै झरो र टुक्की वालिरहनु पर्ने अवस्थामा रहेका फुवाका स्थानियले पहिलो पटक सोलार पाउदा खुशि लागेको थापाले बताउनुभएको छ । गाउँमा अलि अलि विकाश निमार्णका काम संगै केहि सेवा सुविधा पाउदा स्थानिय सरकार आएको वल्ल महसुश भएको अर्का स्थानिय पेम्वा गुरुङ्गले बताउनुभयो ।


विहिवार नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी, प्रमुख प्रसासकिय अधिकृत शेरबहादुर वुढा, सुचना अधिकारी रामदत्त न्यौपाने, वडा नं तिनका वडाअध्यक्ष रामबहादुर वोहोरा र वडा नं दुईका वडाअध्यक्ष भीमबहादुर कार्की लगायतको टोलि घरदैलोमा पुगि वडा नं तिन फुवाका उर्गिन गुरुङ्ग लगायत ३० घरपरीवारलाई निशुल्क सोलार वितरण गरेको रेग्मीले बताउनुभएको छ । स्थानियलाई सोलार वितरण कार्यक्रम पश्चात वोल्दै नगरप्रमुख गिरीले विपन्न वर्गका लागि यस्ता थुपै्र कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ ।  

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल