मन्त्री शाहकाे चरित्रहत्या गर्न खाेजेकाेमा अापत्ति

Radio Budhinanda FM -   BFM || २०७८ भदौ ९ बुधबार

सुदूरपश्चिमका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाशबहादुर शाहले बाजुराका केही युवाहरुलाई बुधबार दिउँसो कार्यकक्षमै अभद्र व्यवहार गरेको भनि फैलाइएको आरोप नियोजित रहेकोले कसैले पनि भ्रममा नपर्न प्रत्यक्ष दर्शी मानबहादुर कार्कीले बताएका छन् । रानी वन स्पोर्टस क्लब बाजुराका अध्यक्ष धुर्व रोकाया लगायत केही युवाहरु मनत्री ज्युकाे कार्यकक्षमा मैले अाफै लगेकाे हुँ उनिहरूले नियाेजित तरीकाले अफबाह फैलाएका छन । साथिहरू मन्त्री शाहका  कार्यकक्षमा आएर चन्दा मागेपछि मन्त्रालयमा चन्दाका लागि कुनै रकम बजेट नहुने बताएको र बरु ब्यक्तिगत सहयोग गर्न तयार रहेको बताएपछि उनीहरुले नियोजित ढंगले अभद्र ब्यवहार गरेको हल्ला फिजाएको प्रत्यक्ष दर्शी मानबहादुर कार्कीले रेडियाे बुढीनन्दालाई जानकारी दिए ।यता मन्त्री शाहले समेत त्यस्ताे नभनेकाे चरित्रहत्या गर्न खाेजेकाे मनत्री शाहकाे भनाई छ । उनले भने मेराे ‘बदनाम गर्ने उद्देश्यले नियोजित रुपमा हल्ला फिजाएका हुन्,’ मन्त्री शाहले भने, ‘मिडियालाई पनि गलत सूचना दिएर भ्रम सिर्जना गराउन खोजिएको मात्र हो ।’ मन्त्री शाहले सञ्चारमाध्यमहरुलाई पनि सत्यतथ्य बुझेर मात्र समाचार प्रवाह गर्न आग्रह गरेका छन् ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल