काेविड विरूद्धकाे अभियानले कुण्डा क्षेत्रमा १७ अक्सिजन सिलिन्डर हस्तान्त्रण ।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ २७ बिहिबार

नहकुल जाेशी

 बाजुराको निर्वाचन क्षेत्र नं कमा सञ्चालन भएको कोभिड १९ विरुद्धको सहयोग अभियानले  अक्सीजन सिलिण्डर हस्तान्त्रण गरेको छ । कोरोना भाईस रोकथाम तथा नियन्त्रणका लागि सञ्चालन भएको अभियानले उत्तरपूर्वी क्षेत्रका ३ वटा स्थानिय पालिकालाई १७ वटा अक्सीजन सिलिण्डर हस्तान्त्रण गरेको हो ।


कोभिड १९ विरुद्धको सहयोग अभियानद्धारा संकलित अक्सीजन सिलिण्डर प्राथमिक स्वास्थय केन्द्र कोल्टी, स्वामीकार्तिक खापर गाउँपालिका र हिमाली गाउँपालिकालाई हस्तान्त्रण गरीएको अभियानका संयोजक जनम धामीले जानकारी दिनुभयो ।

अभियानले  एक कार्यक्रमको आयोजना गरी पालिकाका प्रमुख, स्वास्थ्य ब्यवस्थापन समिति, स्वास्थ्यकर्मी र सरकारवालाको सहभागितामा अक्सीजन सिलिन्डर वितरण गरीएको छ । प्राथमिक स्वास्थय केन्द्र कोल्टीलाई १२ वटा, स्वामीकार्तिक खापर गाउँपालिकालाई ३ वटा र हिमाली गाउँपालिकालाई २ वटा गरी जम्मा १७ वटा सिलिण्डर हस्तान्त्रण गरीएको उहाँले बताउनुभयो । कोल्टीमा अक्सीजन अभावका कारण कोभिड १९का विरामी जिल्ला रिफर हुने जनगुनासो वढिरहेका वेला रेडियो बुढीनन्दा, नागरीक समाज, उद्योग वाणिज्य संघ कोल्टी र सामाजिक अभियान्ताले अक्सीजन सिलिन्डर खरीद गरी स्थानिय तहलाई हस्तान्त्रण गरेको बताईएको छ ।


विभिन्न सहयोगी मनहरुबाट संकलन भएको करीव २ लाख ६० हजार वढिको रकमबाट खरिद गरी हिजो कोल्टी पुगेका अक्सीजन सिलिण्डर आज वितरण गरीएको हो । 

अक्सीजन अभावमा कुनै पनि नागरीकको ज्यान जोखिम नहोस भन्ने उदेश्यले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा गत ९ गतेबाट अक्सीजन सिलिन्डर लगायत अत्यावश्यकीय स्वास्थ्य सामग्री खरिदका लागि कोभिड १९ विरुद्धको अभियान सञ्चालन भएको अभियानका सहसंयोजक अनिल शाहीले बताउनुभयो । कोभिड १९ संक्रमितका विरामीलाई स्वासप्रस्वासमा समस्या आउने र कृतिम अक्सीजनको आवश्यकता पर्ने हुदा विभिन्न निकायको सहयोग र सकन्वयमा तत्काल अक्सीजन सिलिन्डरको जोहो गर्न अभियान सञ्चालन भएको सचिव नहकुल जोशीले बताउनुभएको छ  ।


निर्वाचन क्षेत्र नं क भौगोलिक रुपमा पनि दुर्गम तथा बिकट भएकाले यस क्षेत्रको सेवा प्रवाह गर्ने एक मात्र कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सीजनको अभावमा धेरै विरामीलाई जिल्ला सदरमुकाम र नेपालगंज लगायत सुविधा सम्पन्न ठाउँमा रिफर गर्नु पर्ने वाध्यता थियो । अहिले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अक्सीजन सिलिन्डरको ब्यवस्थापन भए पछि छिमेकि जिल्ला हुम्ला, मुगु, कालिकोट र बाजुराका विरामीलाई सहज हुने भएको स्वास्थयकर्मीले बताएका छन । 

काेल्टीमा संचालन गरीएकाे अक्सीजन सिलिन्डर सहयाेग अभियानमा सहयाेगि मनहरूले अक्सिजन सिलिन्डर मास्क सेनेटाइजर अार्थिक रकम, ढुवानि समेत सहयाेग गरिएकाे थियाे ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल