जनताको आँखामा छारो नहाल्न ओली समूहलाइ नेकपाका नेता रावतको चेतावनी

Radio Budhinanda FM -   BFM || २०७७ पुस २१ मङ्गलबार

जीवन कैला 

नेपाल कम्युनिष्ट पार्टी नेकपा बाजुरा जिल्ला कमिटी सचिवालय सदश्य पुर बहादुर रावतले प्रधानमन्त्रि केपी शर्मा ओलिले गरेको संसद विघटन असंवैधानिक कार्य भएकोले यसको विरोधमा सवै जनता एक भएर जाग्न अग्रह गर्नु भएको छ ।

  पुष ५ गते प्रधानमन्त्रि केपी शर्मा ओलीको सिफारीसमा राष्टपति विद्यादेवि भण्डारीले गरेको संसद विघटन कार्य पार्टीका लागि असंवैधानिक भएको उहाँले बताउनुभएको हो । वर्तमान राजनितिक परीस्थीतीका विषयमा  अभिमुखिकरण कार्यक्रम गर्न जगन्नाथ पुग्नुभएका नेता रावतले बजुरेली सोझा जनतालाइ केपी समुहले आँखामा छोरो हाल्ने काम गरीरहेकोले जनतालाइ नझुक्याउन समेत चेतावनि दिनुभएको छ । मंगरबार नेकपा जगन्नाथ गाउँकमीटीले आयोजना गरेको अभिमुखीकरण कार्यक्रको प्रमुख अतिथि समेत रहनुभएका नेता रावतले यस्तो वताउनुभएको हो ।

 मंगलबार नेकपा जगन्नाथ गाउँ कमिटीले आयोजना गरेको कार्यक्रता अभिमुखिकरण कार्यक्रममा वोल्दै उहाँले प्रधानमन्त्रि ओलीले गरेको संसद विगठन राजनितिकरुपले अराजनितिक कार्य, संवैधानिकरुपले असंवैधानिक कार्य, अग्रगमनकारुपमा पस्टगमन कार्यका विरुद्धमा लाग्न आह्वान गर्नुभएको छ । उहाँले नेकपाका सम्पुर्ण नेता तथा कार्यक्रतालाई प्रधानमन्त्रि ओलीको झुट र भरमको खेतिमा नलाग्न समेत आग्रह गर्नुभएको छ । सुर्य चिन्ह प्रचण्ड माधव नेपाल पक्षको हुने स्पष्ट पार्दै नेता रावतले वैधानिक पार्टी पनि प्रचण्ड माधव समुहको हुन प्रष्ट पार्नुभएको छ । कार्यक्रममा वोल्दै बुढीनन्दा नगर संगठा कमिटीका ईन्चार्ज भरत विकले प्रधानमन्त्रि केपी शर्मा वलिले वेला वेला झुटको खेति गरेको आरोप लगाउनुभएको छ । नेकपा जिल्ला कमिटी सचिवालय सदश्य समेत रहनुभएका ईन्चार्ज विकले अव झुट र भरमको खेति नटिक्ने बताउदै नेकपाका नेता तथा कार्यक्रतालाई वेलैमा सजक हुन आग्रह गर्नुभएको छ ।

कार्यक्रममा नेकपा जिल्ला कमिटी सचिवालय सदश्य जिनिता विक, जयबहादुर विक, रेखा कडारा, युवा संघ नेपालका केन्द्रिय सदश्य धर्म बहादुर शाही लगायतले आ आफ्नो धारणा राख्नुभएको थियो । यस्तै नेकपा वुढीनन्दा नगर संगन कमिटीको आयोजनामा हिजो सोमवार बुढीनन्दामा पनि सोहि कार्यक्रा गरीएको नेकपाका महिला नेतृ विनिता विकले जानकारी दिनुभएको छ । कार्यक्रममा नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थीत रहेको थियो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल