जुकाेट दरबारकाे पहिचान गुम्न नदिन शाहीदाजुभाइकाे सक्रियता , ब्यबसायबाटै भएपनि जुकाेटकाे अस्तित्व जाेगाउने ।

Radio Budhinanda FM -   BFM || २०७७ चैत १६ सोमबार

अनिल शाही / जिवन कैला

बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका वडा नं तिन जुकोटका युवा ब्यवसायिले काठमाण्डौमा जुकोट दरवार रेस्टुरुेन्ट सञ्चालनमा ल्याउनु भएको छ । वडा नं तिन जुकोटमा जन्मिनुभएका सरोज शाही र उहाँका भाई अमृत शाहीले ५० लाखको लगानि गरेर काठमाण्डौमा जुकोट दरवार रेस्टुरुेन्ट सञ्चालनमा ल्याउनुभएको हो ।

.जुकोट दरवारको पहिचान विश्वसामु चिनाउने उद्देश्यले युवा ब्यबसायि शाही दाजुभाईले विभिन्न खाना र नास्ताका परीकारको सेवा दिने गरी काठमाण्डौमा पहिलो पटक जुकोट दरबार रेष्टुरेन्ट सञ्चालन आएको जानकारी दिनुभएको छ । तत्कालि वाईस्य चौविश्य राज्य संचालनका लागि जुम्लाबाट आउनुभएका कल्याल राजा विमार्नराज महाराजले वाईको धर्पु दरवार सञ्चालन गरे संगै जुकोटको वुढाकोटको उपयुक्त पावन भुमिको रुपमा जुकोटलाई जुकोट दरवारका रुपमा स्थापना गरेका थिए ।

हाल लोप हुन लागेको जुकोट दरवारको पहिचानका लागि आफुले विश्वसामु चिनाउन काठमाण्डौमा जुकोट दरवार रेष्टेरेन्ट सञ्चालनमा ल्याएको  सञ्चालक सरोज शाहीले जानकारी दिनुभएको छ । काठमाण्डौको मुटुको रूपमा चिनिने दरबार मार्गमा जुकोट दरबार रेष्टुरेन्ट प्रालि स्थापना गरी आफ्नो जन्म भुमि र लोपउन्मुख जुकोट दरबारको पहिचान दिलाउन सफल भएको उहाँले बताउनुभएको छ ।

वाग्लो जनमासको वसोवास गर्ने काठमाण्डौको ब्यस्थ सहरमा देश तथा विदेशीहरुका नागरीकको बाक्लो उपस्थिति रहने दरबार मार्गमै युवा ब्यबशायि शाहीले आफ्नो छुट्टै पहिचान दिलाउनुभएको छ । काठमाण्डौको दरवारमार्गमा गत माघ १५ गतेबाट सञ्चालनमा आएको रेष्टेरेन्टमा अहिले जुकोट दरबारको झल्को दिने गरी सस्तो सुलभ मिठो खाना र नयाँ परिकारका नास्ता आरामदायि वसाई को ब्यवस्थाकोे सेवा प्रदान गर्ने गरी स्वदेशि तथा विदेशी खाना उपलब्ध भएको सञ्चालन शाहीले जानकारी बताउनुभयो । लकडाउन सुरू हुनु अगाडी गत चैतमा यो रेस्टुरेन्ट सञ्चालन गर्ने तयारी भए पनि गत माघबाट पुर्णरुपमा सञ्चालनमा आएको अर्का सञ्चालक अमृत शाहीले बताउनुभयो ।