हुम्लामा अाेली समूहले खुट्टाटेक्ने ठाउँनभएकाे नेकपा नेता हस्त शाहीकाे दावी

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण २ आइतबार

अनिल शाही

नेकपा अदानचुली गाउँकमीटीले अायाे जना गरेकाे  २६ अाैं वृहत जनयुद्ध दिवश कार्यक्रमका विशिष्ट अतिथि हस्त शाहीले हुम्ला जिल्ला नेकपा सस्थापन पक्षाकाे लालकिल्ला भएकाे दावि गर्नुभएकाे छ । हुम्ला अाफुहरूकाे लालकिल्ला भएकाे हुदा अाली झुण्डहरूले हुम्लामा खुट्टा टेक्ने समेत अाट नगर्न चेतावनि दिनुभएकाे छ । अर्काे प्रशंगमा बाेल्दै नेता शाहीले  हुम्ला प्रचण्ड माधव नेतृत्वको नेकपाको अाधार इलाका भएकाे र केही भ्रष्टचारीहरू भ्रष्टचार लुकाउन  अाफुहरूबाट  चाेइटीएर अाेली गुट तिर  लागेकाे र केहीसमयपछि अाफुहरू तिर फर्किने दावि गर्नु भएकाे छ ।  

कार्यक्रममा नेकपाका नेता कारचेन लामाले प्रधानमन्त्री केपी ओली मानशिक रोगी भएकाले  उनले भनेको कसैले साँचो नमान्न हुम्ली जनतालाइ आग्रह गर्नु भएको छ । कार्यक्रमा अदानचुली गाउँपालीकाका २ हजार बढी नेता कार्यकर्ताको उपस्थिति रहेको कार्यक्रममा हुम्लाको अदानचुली गाउँपालिकाका सहिद परिवारलाई सम्मान समेत गरिएको रेडीयो बुढीनन्दालाइ जानकारी प्राप्तभएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल