हुम्लाको कवाडी देखि सर्केगाड सम्म यातायात सञ्चालनका लागि सरोकारवाला निकाय द्धारा अनुगमन ।

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार

कणर्ाली प्रदेशको हुम्लामा पहिलो पटक सडक यातायात सञ्चालमा आउने भएको छ । निमाणर्ाधिन कणर्ाली करिडोरको हुम्ला खण्डको केहि स्थानिय तहमा साना यातायत सञ्चालनका लागि सरोकारवाला निकायले स्थलगत अनुगमन गरी सवारी साधन सञ्चालनका लागि स्वीकृती दिने निणर्य गरे संगै पहिलो पटक हुम्लामा सडक यातायात सञ्चालन हुन लागेको हो । कणर्ाली प्रदेशको हुम्ला सदरमुकाम हाल सम्म सडक सञ्जालमा जोडिएको छैन । हाल कणर्ाली करिडोरले छोएको हुम्लाको ताँजाकोट, अदानचुली, चंखेली र सर्केगार्ड गाउँपालिकामा सडक यातायात सञ्चालन गर्नका लागि अनुगमन गरिएको हो । यस क्षेत्रमा सडक यातायात सञ्चालन भएमा हुम्लाका दक्षिण र मध्य क्षेत्रका ४ स्थानिय तहका साथै मुुगुको सोरुकोट गाउँपालिकाका स्थानियलाई समेत सहज हुनेभएको छ ।

आज हुम्लाबाट प्रतिनिधिसभाका सदस्य सांसद छक्क लामा, हुम्ला जिल्ला समन्वय समिति संयोजक दान बहादुर रावत, प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरी, ताँजाकोट गाउँपालिकाका अध्यक्ष बागदल मल्ल, अदानचुली गाउँपालिकाका अध्यक्ष दल फडेरा, नेकपा हुम्लाका अध्यक्ष लालकेश जोशी, सशस्त्र प्रहरी प्रमुख मोहन विष्ट, प्रहरी निरीक्षक नेपाली सेना, नागरिक समाज, रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल ब शाही, एन टि भी हुम्ला प्रतिनिधि नरजंग तामाङ्ग, रेडियो श्रीनगरका स्टेसन म्यानेजर काली बहादुर थापा लगायतको टोलीले शनिवार स्थलगत अनुगमन गरी ताँजाकोट गाउँपालिकाको कवाडी देखि अदानचुली गाउँपालिकाको सर्केगाड सम्मको २७ किलोमिटरमा यातायात सञ्चालन गर्ने निणर्य गरेको हो । कणर्ाली करिडोरको कवाडी देखि सर्केगाड सम्म सडक सञ्चालन हुने भएपछि स्थानियमा भने खुसीयालि छाएको छ । आजको २१ औं सताब्दीको समयमा पनि गाडी चढ्नका लागि दिनहुँ हिड्नुपर्ने बाध्यतामा रहेका हुम्लीका लागि अव केहि रातहको महशुस हुने भन्दै स्थानिय नैन सिह नेपालीले खुसी ब्यक्त गर्नुभयो । हुम्लाबाट प्रतिनिधि सभा सदश्य सांसद लामाले विकास क्रमिक रुपमा हुने प्रक्रिया भए पनि विकास संग संगै विकृती पनि आउने भएकाले स्थानियले सचेत रहन आग्रह गर्नुभयो  । उहाँले गाडीबाट तलबाट सामान ल्याउने मात्र होइन यहाँबाट पनि केहि पठाउनु पर्ने तर्फ लाग्नुपर्ने बताउनुभयो । राष्ट्रिय गौरवको आयोजना कणर्ाली करिडोर निमाणर्को काम हाल नेपाली सेनाले गरिरहेको छ । कणर्ाली करिडोरका कारण हाल बाजुरा, हुम्ला लगायत दुर्गम जिल्लामा सडक यातायात सञ्चालनमा आइरहेको र यसले नागरिकलाई थप सहज भै रहेको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल