Radio Budhinanda FM - BFM || २०७७ फाल्गुण ४ मङ्गलबार
काठमाडाैं । सरकारले भारतसँग कोरोनाभाइरस विरुद्धको खोप ‘कोभिशिल्ड’ खरिदका लागि स्वीकृति प्रदान गरेको छ । सरकारले प्रति भ्याक्सिन ४ डलरका डरले भ्याक्सिन खरिदका लागि स्वीकृति दिएको हो । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले २० लाख डोज भ्याक्सिन खरिदका लागि स्वीकृति प्रदान गरेसँगै अब खरिद गर्ने बाटो खुलेको छ । यसका लागि सरकारले अग्रिम भुक्तानी दिने निर्णय पनि नगरेको छ ।
यसअघिसिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति भए पनि भुक्तानीको विषयमा खरिद प्रक्रिया अघि बढ्न सकेको थिएन । स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले मन्त्रिपरिषद्ले निर्णय गरेसँगै खोप खरिद गर्ने बाटो खुला भएको बताए । यसअघि भारतले नै नेपाललाई अनुदानमा १० लाख डोज खोप दिएको थियो भने सोही खोप अहिले स्वास्थ्यकर्मीलगायतलाई लगाइएको छ ।
व्यास्थापक:-
प्रधान सम्पादक:-
सम्पादक:-
सम्पादक:-
रिपोर्टर:-
कानुनी सल्लाहकार:-