भिर बाट लडेर एक किसाेरी गम्भिर घाइते ।

Radio Budhinanda FM -   BFM || २०७८ असार २ बुधबार

जिवन कैला

बाजुराको बुढीनन्दा नगरपालिकामा भिरबाट लडेर एक किशोरी गम्भीर घाइते भएकी छिन । वडा नं एक रावतवाडाकी १६ बर्षिया किशोरी ललिता गिरी आज अपरान्न लडेर घाइते भएकी हुन । घाँस काट्न गएका बेला भिरबाट लडेर उनी गम्भीर घाइते भएकी पारिवारिक स्रोतले जानकारी दिएको छ ।


स्थानिय देवी गिरीकी छोरी ललिता चन्दनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत समेत छन । टाउको घाटी र ढाडमा चोट लागेको र हाल उनको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भै रहेको प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर डेकेन्द्र संज्यालले बताउनु भएको छ । गम्भीर घाईते भएकि गिरीको थप उपचारका लागि रिफर गरीएको छ । यातायातका साधान नहुदा निकै समस्या भईरहेको पारीवारीक स्रोतले जनाएका छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल