अख्तियारका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउन आदेश

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार

काठमाडौं । विशेष अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यातलाई थुनामा पठाउने आदेश दिएको छ। अदालतले ललिता निवास जग्गा प्रकरणमा बस्न्यातलाई थुनछेक बहसपछि थुनामा पठाउने आदेश दिएको हो। विशेष अदालतका न्यायाधीशहरू प्रेमराज कार्की, अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले बस्न्यातसँग बयान लिइएको थियो।

विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेका अनुसार बस्न्यातविरुद्ध ९ करोड ६५ लाख रुपैयाँ बिगो र ८ देखि १० वर्षसम्मको कैद सजाय माग दाबी गरिएको छ। अख्तियारले बस्न्यातमाथि भौतिक पूर्वाधार मन्त्रालयमा सचिव रहँदा जग्गा व्यक्तिका नाममा सार्न सहयोग गरेको दावीका साथ मुद्दा दायर गरिएको थियो।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल