आगामी आर्थिक बर्षमा बाजुराका स्थानिय तहहरुका लागि २ अर्व ६७ करोड बढी बजेट आउने ।।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १६ आइतबार

रेडियाे बुढीनन्दा, काेल्टी बाजुरा 


आगामी आर्थिक बर्षका लागि सरकारले बजेट विनियोजन गरे पछि अहिले कुन क्षेत्रमा कति बजेट विनियोजन भयो भन्ने चर्चा गाउँगाउँमा हुन थालेको छ । बजेट भाषणबाट कोहि खुसी देखिन्छन भने कोहि भने दुखि देखिन्छन ।

सरकारले जेठ १५ गते बजेट सार्वजनिक गरे संगै बाजुराका कुन स्थानिय तहमा कति बजेट विनियोजन भयो भन्ने कुरा पनि चासो विषय बनेको छ । आगामी आर्थिक बर्षमा बाजुराका स्थानिय तहरुका लागि सरकारको अन्र्तर सरकारी वित्तिय हस्तान्तरण माफर्त २ अर्व ६७ करोड ४० लाख रकम विनियोजन भएको छ । स्थानिय तहले पाउने समानीकरण अनुदान, सर्शत अनुदान, विशेष अनुदान, समपुरक अनुदान गरी विभिन्न शिर्षकमा बजेट विनियोज गर्ने गरिन्छ । जस अन्र्तगत बुढीनन्दा नगरपालिकामा चालु तर्फ २८ करोड ५९ लाख र पुजिगत तर्फ २ करोड ४३ लाख गरी जम्मा ३१ करोड २ लाख रकम प्राप्त भएको हो । त्यस्तै बडिमालिका नगरपालिकाका लागि चालु तर्फ २७ करोड ८६ लाख र पुँजीगत तर्फ ३ करोड १२ लाख गरी जम्मा ३० करोड ९८ लाख, त्रिवेणी नगरपालिकामा ३० करोड ९९ लाख चालु र ४ करोड ३८ लाख पुजिगत गरी ३५ करोड ३७ लाख र बुढीगंगा नगरपालिकामा चालु तर्फ ३२ करोड २३ लाख र पुजीगत तर्फ २ करोड ७९ लाख गरी ३५ करोड २ लाख रकम प्राप्त भएको छ ।

त्यस्तै गाउँपालका तर्फ हिमाली गाउँपालिकामा चालु तर्फ १९ करोड ६८ लाख र पुजीगत तर्फ २ करोड ७७ लाख गरी जम्मा २२ करोड ४५ लाख, स्वामीकार्तिक खापर गाउँपालिकामा चालु तर्फ २३ करोड ८० लाख र पुजीगत तर्फ ५ करोड ५३ लाख गरी २९ करोड ३३ लाख रकम विनियोजन गरिएको जनाइएको छ । त्यस्तै जगन्नाथ गाउँपालिकामा चालु तर्फ १७ करोड २१ लाख र पुजीगत तर्फ ३ करोड १ लाख गरी जम्मा २० करोड २२ लाख रकम, खप्तड छेडेदह गाउँपालिकामा चालु तर्फ ३१ करोड ५० लाख र पुजिगत तर्फ ३ करोड ८५ लाख गरी जम्मा ३५ करोड ३५ लाख रकम प्राप्त भएको छ । त्यस्तै गौमूल गाउँपालिकामा चालु तर्फ २० करोड ५६ लाख र पुजीगत तर्फ ७ करोड १० लाख गरी जम्मा २७ करोड ६६ लाख रुपैया प्राप्त भएको हो । जिल्लामा सवैभन्दा बढी रकम त्रिवेणी नगरपालिकामा जम्मा ३५ करोड ३७ लाख विनियोजन भएको छ भने कम रकम जगन्नाथ गाउँपाकिामा २० करोड २२ लाख रुपैया विनियोजन भएको छ । आगामी आर्थिक बर्षका लागि सुदुरपश्चिम प्रदेशका लागि जम्मा रकम १४ अर्व ५८ करोड २ लाख विनियोज गरिएको हो । प्रदेशहरुमा सवैभन्दा बढी प्रदेश नं १ मा १६ अर्व २९ करोड ३६ लाख विनियोजन भएको छ भने सवैभन्दा कम गण्डगी प्रदेशमा १३ अर्व ९० करोड ३४ लाख रकम विनियोजन गरिएको हो । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल