दुर्गमका द्यौता, जसले जोखिम मोलेर ज्यान बचाउँछन ।

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण ७ शुक्रबार


नहकुल जोशी  

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा शुक्रवार पहिलो पटक अप्रेसन गरी प्रसुती गराइएको छ । तीन दिन देखि वेथा लागेर प्रसुती हुन नसकेकी मुगुको खत्याड गाउँपालिका वडा नं १० ह्याङलुकी निर्मला चदाराको बाजुराको कोल्टीमै अप्रेसन गरेर बच्चा निकालिएको हो । 

यस अघि यस्तै जटिल प्रकारको प्रसुती गराउन नेपालगंज, सुर्खेत लगायत सुविधासम्पन्न स्थानमा लिनु पर्ने वाध्यताका विच शुक्रवार पहिलो पटक बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट खटिएको डाक्टरहरुको टोलीले अप्रेसन गरेर प्रसुती गराइएको स्वास्थ्य केन्द्रका कोभिड फोकल प्रसन ओमजंग शाहीले जानकारी दिए ।  शाहीका अनुसार गत जेठ महिना यता कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा प्रसुती हुन नसकेर २० जनालाई रिफर गरिएको थियो । 

खत्याड गाउँपालिका वडा नं १० की २९ बर्षिया निर्मलाले तेस्रो सन्तानको जन्म दिदै थिइन । बेथा लागेको पहिलो दिन घरमै सुडेनीको सहायताले प्रसुती गराएका उनीहरुले  दोस्रो दिन बोकेर रातापानी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएका थिए । त्यहाँ बच्चा उल्टो छ । नेपालगंज नै लिनुपर्छ भने पछि आज बोकेर कोल्टी एयरपोर्ट पुर्याए पछि मात्र हामीलाई यहाँ डाक्टर छन भन्ने थाहा भयो उनले बताए ।  दुर्गम तथा विपन्न परिवारका लागि यो भन्दा ठूलो कुरा के हुन सक्छ भन्दै चदाँराले आफूहरुको विरामी र पैसा दुवै बाँचेको बताए । 


विरामीलाई हेर्दा जति ढिलो भयो त्यति जोखिमको अवस्था थियो । आफूहरु संग भएको उपकरणले अप्रेसन गर्न सक्छौं भन्ने लाग्यो र त्यसमा सफल पनि भयौं अप्रेन टोलीका सदश्य डा अर्जुन प्रसाद तिवारीले बताए । बच्चा उल्टो र दिसा खाएको हुदा नेपालगंज लैजाँदा सम्म पनि आमा र बच्चामा समस्या हुन सक्ने भए पछि आफूहरुले उतैबाट बाकेर ल्याएको सामग्रीको प्रयोग गरेर अप्रेसन गरेको डा तिवारीले बताए । एनएसथेसिया डा तिवारी सहित डा दिल शाही रोका र डा नम्रता सिन्दानको टोलीले अप्रेसन गरेर प्रसुती गराएको हो । 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट खटिएको जनशक्तिले पहिलो पटक अप्रेसन गरेर प्रसुती गराएपछि स्थानियले समेत खुसी ब्यक्त गरेका छन । निर्मलाका आफन्त मोहन लाल चदाराले  तीन दिन देखि प्रसुती हुन नसकेर छटपटाई रहेकी निर्मलालाई नेपालगंज लिनका लागि एयरपोर्टमा गएको बेला कोल्टीमा डाक्टरहरु आएका छन भन्ने थाहा पाएर परामर्श लिएको र यहाँ अप्रेसन गर्न सकिन्छ भन्नेमा डाक्टरले विश्वास दिलाएपछि आफूहरु यहि अप्रेसन गर्न तयार भयौं । हाम्रा लागि त उहाँहरु नै देवता हो उनले बताए । 

प्राथमिक स्वास्थ्य केन्द्रमा माग गरिएको सामग्री नभएका कारण केहि समस्या भए पनि हाललाई जनशक्तिको भने समस्या नरहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । कर्णाली प्रदेशका मुगु, हुम्ला, कालिकोट लगायतका जिल्लाको समेत सेवा क्षेत्र रहेको र आवश्यक जनशक्ति नभएर स्थानियले पटक पटक दुःख भोग्नु परेपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले बुढीनन्दा नगरपालिका संग सम्झौता गरी जनशक्ति उपलब्ध गराउदै आएको छ । डा तिवारीले यस्ता जटिल प्रकारको समस्याले राज्यको समेत लाखौ रुपैयाँ खर्च गरिराख्नु परेको बताए । उनले कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रलाई १५ शैयाको हस्पीटलका रुपमा विकास गर्ने हो भने यस क्षेत्रका नागरिकका लागि सामान्य स्वास्थ्य परिक्षणका लागि पनि सुविधा सम्पन्न ठाउँमा जानु पर्ने अवस्था नआउने भएकाले स्थानिय सरकार, प्रदेश सरकारले त्यस तर्फ ध्यान दिनु पर्ने बताए । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल