नेपाली काँग्रेस प्रदेश क को अन्तरक्रिया सम्पन्न सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्नु पर्नेमाजोड ।।

Radio Budhinanda FM -   BFM || २०७८ भदौ २८ सोमबार

संगिता तिमिल्सेना


नेपाली काँग्रेस बाजुराले सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको छ। आसन्न नेपाली काँग्रेसको १४ औँ महाधिवेशन तथा ७ औँ जिल्ला अधिवेशनको पुर्वसंन्ध्यामा काँग्रेस निर्वाचन क्षेत्र नं क ले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा सम्पुर्ण नेताले सहमतिका आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने निष्कर्ष निकालेको अधिवेशन प्रचारप्रसार कार्यसमिति सदस्य संगिता तिमिल्सेनाले जानकारी दिनुभएको छ । 

अधिवेशनको पुर्वसंन्ध्यामा बाजुराको कोल्टीमा आयोजित अन्तरक्रिया कार्यक्रममा प्रदेश कका सम्पुर्ण नेता तथा कार्यकर्ताले सहमतिको आधारमा अधिवेशन सम्पन्न गर्नुपर्ने धारणा राखेका थिए । १४ महाधिवेशन नजिकिँदै गर्दा देशभरका वडामा नेपाली काँग्रेसको संगठन विस्तार भैरहँदा बाजुराको अधिवेशन क्रियाशिल विवादका कारण अन्यौलमा हुनु दुःखद भएको बताउँदै छिटोभन्दा छिटो अधिवेशन सम्पन्न गर्न सबैले लागिपर्नु पर्ने सम्पुर्ण नेताले कार्यकर्तालाई सुझाव दिएका छन् । 

अधिवेशनको पुर्वसंन्ध्यामा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा निर्वाचन क्षेत्र नं १ का सम्पुर्ण नेताहरूले आगामी अधिवेशनमा आ– आफ्नो उम्मेदवारी घोषणा पनि गरेका छन् । 

बाजुरा निर्वाचन क्षेत्र नं १ का सभापति गोविन्द बहादुर मल्लको अध्यक्षतामा संचालन भएको अन्तरक्रिया कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा पुर्व भुमिसुधार सहायक मन्त्री जनकराज गिरी प्रमुख अतिथि रहनुभएको थियो । त्यस्तै बुढीनन्दा नगरपालिकाका प्रमुख पदम कुमार गिरी, नेपाली काँग्रेसका कोषाध्यक्ष नारायण पाध्याय, सहसचिव नरेन्द्र कुमार रोकाया, महाँदिवेशन प्रतिनिधि रामबहादुर बोहोरा लगायत नेपाली काँग्रेस जिल्ला कार्यसमितिका पदाधिकारी प्रदेश क का सम्पूर्ण नगरसभापति, वडासभापति, भातृ तथा भगेनी संगठनका पदाधिकारी तथा नेपाली काँग्रेसमा आस्थावान् नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रमको संचालन युवा नेता रविन्द्र रोकायाले गरेका थिए । कार्यक्रममा अधिकाँस नेताहरुले उम्मेदारी समेत घोषणा समेत गरेका थिए ।


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल