खेल क्षेत्रको विकाशका लागि सदैव साथ दिने नगरप्रमुख गिरीको प्रतिवद्धता ।

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण ८ शनिवार

जीवन कैला, बाजुरा 

बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले खेल क्षेत्रको विकासमा नगरपालिकाले सदैब साथ दिने प्रतिबद्धता जनाउनुभएको छ । ७१ औं राष्ट्रिय प्रजातन्त्र दिवशको अबसपारी कोल्टीमा सञ्चालन भएको खुल्ला ब्याडमिन्टन प्रतियोगिता कार्यक्रममा वोल्दै नगरप्रमुख गिरीले यस्तो प्रतिवद्धता ब्यक्त गर्नुभएको हो । ब्याडमिन्टीन प्रतियोगिताका विजेतालाई पुरस्कार वितरण गर्दै नगरप्रमुख गिरीले आगामिदिनमा नगरपालिका भित्र हुने सम्पुर्ण खेल क्षेत्रको विकाश र खेलाडिहरूको हकहितमा आफुले सदैव सहयोग गर्ने बताउनुभएको छ । 

खेल क्षेत्र राष्ट्र र राष्ट्रीयताको पहिचान भएको बताउदै उहाँले यसको संरक्षणका लागि नगरपालिकाबाट हुने सम्पुर्ण सहयोगका लागि आफु कहिल्यै पछि नहट्ने प्रतिवद्धता जनाउनुभएको छ । उहाँले खेल र खेलाडिका कारण नेपाल विश्वसामु परीचित भएको पनि बताउनुभएको छ । खेल क्षेत्रका लागि खेल मैदानको अभाव र खेलाडिका लागि उचित सम्मानको मुल्याङ्कन हुन नसकेका कारण खेल क्षेत्र पछि परेको बताउनुभएको छ । उहाँले खेल क्षेत्रको विकाशका लागि आवश्यक जनशक्ति उत्पादन गर्न नगरपालिका लागि पर्ने बताउनुभयो ।

आज खेलका कारण नेपाल विश्वसामु परीचित छ, नेपालका विभिन्न खेलाडिका कारण नेपालको गांैरवमय उच्च वनेको नगरप्रमुख गिरीको भनाई छ । आज बुढीनन्दा कर्मचारी एकता केन्द्र कोल्टि बाजुराका तदर्थ समितिका संयोजक जसी विकको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नगर प्रमुख पदम कुमार गिरी रहनुभएको थियो ।

 वडा नं २ का वडाअध्यक्ष भिम बहादुर कार्की, बुढीनन्दा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत एवंम बुढीनन्दा कर्मचारी एकता केन्द्र सल्लाहकार समिति संयोजक शेर बहादुर बुढा, नागरीक उड्ड्यान कार्यालय प्रमुख श्रीकृष्ण रिजाल, प्रहरी निरिक्षक देवेन्द्रराज जोशी, राष्ट्रिय बाणिज्य वंैक कोल्टीका प्रमुख कमलसिह ऐर लागाएत विशिष्ट अतिथि रहनुभएको थियो । खाद्य ब्यबस्था तथा ब्यपार कम्पनि लिमिटेड शाखा कार्यालय कोल्टीका डिपो प्रमुख एवं कर्मचारी एकता केन्द्र सदस्य नविन प्रसाद आचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा प्रतियोगिताका विजेतालाई पुरस्कार प्रदान गरीएको थियो ।

नागरीक उड्ययन कार्यालय कोल्टीको प्राङ्गणमा हिजो देखि सञ्चालन भएको ब्याडमिन्टन प्रतियोगिताको प्रथम पुरस्कार स्वामीकार्तिक खापर गाउँपालिकाका आईटि राजन रेग्मी र स्वामीकार्तिक चार छापुका स्थानिय पविन्द नाथले हात पानुभएको बुढिनन्दा कर्मचारी एकता केन्द्रका तदर्थ समिति सदस्य रमा शाहीले जानकारी दिनुभयो । त्यस्तै द्धितिय पुरस्कार शेरबहादुर बुढा र देव दत्तभट्ट एवम तृतीय पुरस्कार राष्ट्रिय वाणिज्य वंैक शाखा कार्यालय कोल्टीका प्रमुख कमलसिंह ऐर र प्रहरी जवान इन्दराज पन्तले हात पार्नुभएको बुढिनन्दा कर्मचारी एकता केन्द्रका तदर्थ समिति सदस्य शाहीले बताउनुभएको छ ।  



प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल