जुकोट दरबार रेष्टुरेन्टका सञ्चालक शाहीद्धारा पत्रकारलाई स्वास्थय सुरक्षाका सामाग्रि सहयोग ।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ २३ आइतबार

जीवन कैला
बाजुराको निर्वाचन क्षेत्र नं कमा रहेर काम गर्ने पत्रकारहरुका लागि आज स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग भएको छ । काठ्माण्डौंमा रहेको जुकोट दरबार रेष्टुरेन्टका सञ्चालक तथा नेपाली कागे्रसका युवा नेता सरोज शाहीले कोल्टी क्षेत्रका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री सहयोग गर्नुभएको हो । हाल विश्वभरी फैलिएको कोरोना भाइरस कोभिड १९ को विषम परिस्थतिमा पनि अग्रपंक्तिमा खटिएर काम गर्दै आएका पत्रकारहरुका लागि स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गर्नुभएको हो ।

शाहीको आर्थिक लगानिबाटउपलब्ध भएका ६ सय पिस सर्जिकल मास्क, १० लिटर स्यानिटाइजर, १५ पिस एन नान्टीफाइब मास्क लगायतका सामाग्रि आज पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष छक्क बहादुर मल्लले हस्तान्त्रण गर्नुभएको जनाईएको छ । कोरोना भाईरसको समयमा आफ्नो ज्यानको प्रवाहा नगरी अग्रपंक्तिमा रहि समाचार सम्प्रेषण तथा फिल्ड रिपोर्टङ्गमा खटिने पत्रकारको जीवन रक्षाका लागि स्वास्थय सुरक्षाका सामाग्रि सहयोग भएको अध्यक्ष मल्लले बताउनुभएको छ ।

रेडियो बुढीनन्दामा स्वास्थय सामाग्रि हस्तान्त्रण गर्दै उहाँले पत्रकारको हक, हित र जीवन रक्षाका लागि विभिन्न निकाय संग सहकार्य भईरहेको बताउनुभएको छ । युवा नेता शाहीले पत्रकार महासंघ बाजुरा शाखाका अध्यक्ष मल्ल मार्फत सहयोग स्वरुप सो स्वास्थ्य सुरक्षाका सामाग्री हस्तान्तरण गर्नुभएको हो । काठमाण्डांैमा रहेर होटल ब्यवसायि गर्दै आउनुभएका शाहीले गृहजिल्लामा रहेका पत्रकारलाई सहयोग गर्न पाउदा खुशि लागेको बताउनुभएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल