गाउँ माथिबाट पहिरो झर्न थाले पछि पीपलडालीको वस्ती उच्च जोखिमा ।

Radio Budhinanda FM -   BFM || २०७८ असार १ मङ्गलबार


सर्मिला रोकाया

गत शनिवार देखिको वर्षातका कारण बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकको पिपलडाली गाँउ पहिरोको उच्च जोखिममा परेको छ । लामो समयको वर्षाले गाउँ माथि रहेको गुनिखार भन्ने भिरबाट पहिरो झर्न थाले पछि सिङगो वस्ति उच्च जोखिममा परेको हो । गाउँ भन्दा माथि करिब २ हजार मिटर उचाइमा रहेको गुनिखार भिरबाट पहिरो खस्न थाले पछि सो ठाउँ पहिरोको उच्च जोखिमा रहेको स्थानीयले बताएका छन ।

शनिवार देखिको लगातार वर्षातले गाउँ माथिको कडा चट्टान फुटेर पहिरो झर्न थाले पछि स्थानिय त्रसित भएका छन । सोमवार राती मात्र दुई पटक पहिरो खसेको स्थानीय रन बहादुर कार्कीले जानकारी दिनुभएको छ । राती करिब ८ र २ बजेको समयमा दुई पटक गाउँ माथि रहेको भिर फुटेर पहिरो खसेको उहाँले बताउनुभयो ।

२०६९ जेठ १८ गतेको बाढी पहिरोले पीपलडालीमा ५ जनाले ज्यान गुमाउनु पर्यो त्यो समय अझै ताजै छ, अहिले फेरि त्यहि भिरबाट पहिरो खस्न थालेकाले थप चिन्ता थपिएको कार्कीले बताउनु भएको छ । पिपलडाली टोलमा हाल करिब १ सय ५० बढी परिवार बसोबास गर्दै आएका छन । रातीको समयमा पहिरो खस्न थाले पछि स्थानिय निदाउन छोडेर स्थानीय त्रसित भएका हुन ।

गाउँ माथि करिब २ हजार मिटर उचाइमा रहेको गुनिखार भिरबाट यो पटक मात्र नभएर यो भन्दा पहिले पनि धेरै पटक पहिरो खसेको अर्का स्थानीय महनलाल नेपालीले बताउनुभएको छ । उहाँले भन्नुभयो, पहिरोका कारण गाउँवासी मात्र नभएर बाजुराको निर्वाचन क्षेत्र नं क का चार वटा पालिका र छिमेकी जिल्ला हुम्ला, मुगु र कालीकोटका स्थानीयको आवतजावत गर्न समस्या देखिएको छ ।

बाजुरा लगायत छिमेकि जिल्लाका स्थानियको आवत जावत गर्ने मुख्य सडक पनि यहि रहेकोले वर्षातको समयमा गाडि तथा पैदल यात्रिलाई आवत जावत गर्न पनि निकै समस्या भएको छ । सो भिरबाट वर्षातको समयमा मात्र नभएर अन्य समयमा पनि सुख्खा पहिरो खस्ने गरेको स्थानिय राजबहादुर कार्कीले बताउनुभयो ।

२०६९ को बाढी पहिरोले मानविय तथा भौतिक क्षेती व्यहोरेको पिपलडाली टोलका स्थानीयले पुन पनि पहिरोको समस्या भोग्नु पर्ने भएको छ । वेला वेलामा पहिरो आईरहने समस्यामा रहेका पीपलडालिका स्थानियको समस्या सामाधानका लागि तिनै तहका सरकारले आवश्यक पहल गर्न सकिरहेका छैनन । विगत ८ वर्ष देखि वाढि र पहिरोको चपेटामा रहेका स्थानियले वस्ति स्थान्त्ररण गरीदिन आग्रह गरेका छन ।

सो समयमा विस्थापित केहि परीवारलाई सरकारले अलमल्याउने गरेको भए पनि हाल वाढि र पहिरोको उच्च जोखिममा रहेका अन्य परीवारको कुनै निकायबाट वस्ति स्थान्त्ररणका लागि कुनै निकायबाट पहल कदमि नभएको स्थानियले बताएका छन ।    


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल