हेलिकप्टर मार्फत बाजुराबाट गर्भवती महिलाको उद्धार ।

Radio Budhinanda FM -   BFM || २०७८ असार २२ मङ्गलबार

कालिका उपाध्याय, बाजुरा । 

बाजुराको जगन्नाथ गाउँपालिकाकी एक जना गर्भवती महिलाको आज हेलिकप्टर मार्फत उद्धार गरिएको छ । जगन्नाथ गाउँपालिका वडा नं ६ गोत्रि की १८ बर्षिया कमला विष्टलाई आज हेलिकप्टर मार्फत उद्धार गरिएको हो । सुत्केरी हुन नसकेकि विष्टलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी नेपालगञ्ज लगिएको हो । हिजो दिउसो करिब १ बजे सुत्केरि बेथा लागेकि विष्टलाई प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमो राती ११ बजे पुर्याइए पनि उपचार हुन सकिरहेको थिएन ।

 अवस्था जटिल देखिए पछि रिफर गरीएकोे प्राथमिक स्वास्थ्य केन्द्र कोल्टिका जनस्वास्थ्य अधिकृत ओमजंग सहिले जानकारी दिनुभएको छ । गत असार ९ गते प्रसुति हने मिति भएपनि लामो समय पछि बेथा लागेर सुत्केरि हुन नसकेकि बिष्टको पेटमा भएको बच्चा उल्टो देखिएकोले सुत्केरि गराउन सम्भव नभएपछि रिफर गरीएको उहाँले बताउनुभयो । सदुरपश्चिम प्रदेश सरकार अन्र्तगत राष्टपति महिला उत्थान कार्यक्रम र प्राथमिक स्वास्थय केन्द्र कोल्टीका प्रमुख डिकेन्द्र सञ्ज्याल, वडा नं एकका वडा अध्यक्ष निर्पराज खत्री, नेकपा जिल्ला कमिटी सदस्य धन बहादुर रावतको विषेश पहलमा उद्धार गरी नेपालगञ्ज लगिएको बताईएको छ । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल