वडामा स्टेचर नहुदा विरामीलाई वोकेर स्वास्थ्य संस्था लिनुपर्ने वाध्यता ।

Radio Budhinanda FM -   BFM || २०७७ चैत १९ बिहिबार

       बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एकका स्थानियले स्टेचर नहुदा विरामीलाई सास्ति भएको बताएका छन । वडामा स्टेचर नहुदा विरामीलाई स्वास्थ्य संस्था सम्म पुर्याउन मुस्किल भएको बताएका हुन । अहिले गाउँमा स्टेचर नहुदा विरामीलाई पिठ्युमा वोकेर प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी पुर्याउने गरेको स्थानिय हिक्मत वडले जानकारी दिए । 


स्टेचर अभावका कारण गाउँका विरामीलाई वोकेर उपचारका लागि कोल्टी पुर्याउनुपर्ने वाध्यता रहेको छ । बुढीनन्दा नगरपालिका वडा नं एक पीपलडालिका पान्तु शार्कीलाई वोकेर उपचारका लागि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र पुर्याएको वडले बताए । पेट दुखाईको समस्याबाट ग्रसित शार्कीलाई उपचारका लागि कोल्टी लिनुपर्ने भए पनि स्टेचर नहुदा पिठियुमा वोकेर स्वास्थ्य संस्था पुर्याएको उनका श्रीमान शेर शार्कीले बताए । 


पेट दुखेर छटपटाई रहेको श्रीमतिलाई उपचारका लागि कोल्टी लिन स्टेचरको खोजि गर्दा स्टेचर नभेटिएको उनले बताए । वडाका स्वास्थय संस्थामा आंैषधिको कुरै नगरांै विरामीलाई वोक्ने स्टेचर नभएको उनले गुनासो गरे । स्थानिय सरकार आइसकेपछि केहि सहजताहोला भन्ने आसमा रहेका स्थानियले विरामी हुदा उपचारत के सामान्य स्टेचर सम्म नपाएको गुनासो सुनाएका छन । गाउँ टोलमा स्वास्थ्य संस्थाबाटै विरामीलाई सेवा दिनुपर्ने अवस्थामा विरामी वोक्ने स्टेचर सम्म नपाउदा पुरानै जमान जस्तो डोको तथा पिठियुमा राखेर उपचारका लागि स्वास्थ्य संस्था सम्म पुर्याउनुपर्ने अवस्था जीवितै रहेको छ ।


 पटक पटक सम्वन्धित निकायलाई स्टेचर नभएको जानकारी गराए पनि सुनुवाई नभएको भन्दै स्थानियले आर्काेस पोखेका छन । स्थानिय निकायलाई आगामी दिनमा टोलटोलमा अनिवार्य स्टेचर उपलब्ध गराउनुपर्ने स्थानियले माग गरेका छन । यता बुढीनन्दा नगरपालिकाका स्वास्थ्य सहसंयोजक ओमजगं शाहीले वडाका महिला स्वास्थय संयम सेविकालाई स्टेचर दिने गरीए पनि आवश्यक समयमा उपलब्ध नभएको हुन सक्ने बताए । प्रत्यक वडामा रहेका स्वास्थ्य संयम सेविका संग एक एक वटा स्टेचर रहेको उनले बताए ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल