सामाजिक अभियान्ता शाहीको पहलमा क्युडिका वाढि पहिरो पिडित लाई खाद्यान्नका सहयोग

Radio Budhinanda FM -   BFM || २०७८ साउन १ शुक्रबार

                                            बाजुराको हिमाली गाउँपालिका वडा नं पाचँ क्युडिका वाढि पहिरो पिडित स्थानियलाई आज राहात वितरण गरीएको छ । गत असारको अविरल वर्षा संगै आएको वाढि पहिरोबाट प्रभावित क्युडिका स्थानियलाई आज राहात स्वरुप खाद्यान्नका सामाग्रि गाउँपालिकाको केन्द्र धुलाचौरमा वितरण गरीएको हो । वस्ति आसपासबाट पहिरो झर्न थाले पछि विस्थापित भएका ९९ घर परीवार मध्य ३० परीवारलाई चामल, दाल, भुजा र विस्कुट लगायत खाद्यान्नका सामाग्रि वितरण गरीएको सामाजिक अभियान्त रिता शाहीले बताउनुभयो ।

         प्रत्यक परीवारलाई ३० केजी चामल, १ केजी दाल, १ दर्जन विस्कुट र १ पाकेट भुजा वितरण गरीएको उहाँले बताउनुभएको छ । विदेशमा रहेका नेपालीको आर्थिक सहयोगमा उपलब्ध भएको खाद्यान्नका सामाग्रि सामाजिक अभियान्ता शाहीद्धारा वितरण गरीएको बताईएको छ । आज एक कार्यक्रममो आयोजना गरी गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्ल, उपाध्यक्ष चन्द्रादेवि वुढा, निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारी, वडा नं चारका वडाअध्यक्ष रमेश विक, पाचँका वडाअध्यक्ष अम्मलाल वुढा, वडा नं सातका वडाअध्यक्ष जयबहादुर अधिकारी, ईलाका प्रहरी कार्यालय कोल्टीका प्रमुख देवेन्द्रराज जोशी लगायतको सहभागितामा राहात वितरण गरीएको पत्रकार महेश कार्कीले जानकारी दिनुभएको छ ।

                                       वाढि पिडितलाई राहात वितरण गर्दै गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले वाढि पिडितको घाउमा मलम लगाउन राहात उपलब्ध गराउने सहयोगी मनलाई धन्यवाद समेत दिनुभएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराबाट उपलब्ध भएको राहात सम्वन्धित ठाउँमा पुर्याइसकेको बताउदै उहाँले केहि दिन भित्रै वितरण गर्ने तयारी भईरहेको पनि बताउनुभएको छ ।

                                                   वाढि पहिरोबाट प्रभावित स्थानियलाई थोरै भए पनि वेला वेला विभिन्न निकायबाट उपलब्ध भएको राहात वितरण गर्ने गरेको बताउदै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले वस्ति स्थान्तरणका लागि सम्वन्धित निकायसंग समन्वय भईरहेको बताउनुभएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल