रेडियो बुढीनन्दा आज ४ बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश ।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १५ शनिवार

रेडियो बुढीनन्दा 

बाजुराको बुढीनन्दा नगरपालिमा सञ्चालित ‘सूचना र समृद्धिको आवाज’, सामुदायिक रेडियो बुढीनन्दा ९६.५ मेगाहर्जले आफ्नो स्थापनाको ४ बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको छ । २०७४ साल जेठ १५ गते देखि प्रशारण शुरु गरेको रेडियो बुढीनन्दाले आज देखि चार बर्ष पुरा गरी पाँच बर्ष पुरा गरेको अवसरमा सुभकामना दिदै रेडियो सञ्चालक समितिले अहिलेको विषम परिस्थिति संघ जुध्नका लागि आम स्रोतामा शक्ति प्राप्त होस भन्दै सुभकामना ब्यक्त गरेको छ । सञ्चालक समितिका संयोजक कर्णविर बुढा र सचिव अनिल शाहीले जारी गरेको विज्ञप्तीमा कोरोना महामारीका कारण विभिन्न कठीनाइ भोग्दै आए पनि जनताको सूचना पाउने हकलाई स्थापित गर्न र सत्य तथ्य सन्देश सम्प्रेषण गर्न कहिल्यै पछि नपर्ने बताइएको छ ।


रेडियो बुढीनन्दाले हाल सूचना र मनोरन्जनका साथै विभिन्न सन्देश मूलक कार्यक्रमहरु सञ्चालन गरी रहेको छ । हाल दैनिक १७ घण्टा प्रसारणमा रहेको रेडियो बुढीनन्दाले दैनिक ७ पटक समाचार सम्प्रेषण संगै सिआइएन, रेडियो नेपाल र विविसी जस्ता राष्ट्रिय प्रशारण समेत जोडिरहेको जसले स्रोतालाई राष्ट्रिय र अन्तराष्ट्रिय घटना संग जोडेको रेडियो बुढीनन्दाका प्रवन्धक नहुकल जोशीले बताउनुभयो । रेडियोको सेवालाई सुदुरपश्चिम र कर्णाली प्रदेश सम्मै पुर्याउनका लागि रिले प्रशारण समेत शुरु गरीसकेको र थप प्रभावकारी वनाउन केहि कार्यक्रममा समेत हेरफेर गरिने उहाँले जानकारी दिनुभयो । रेडियो बुढीनन्दाले बार्षिकोत्सवको अवसरमा स्थापनाका लागि सहयोग गर्ने निकाय, ब्यक्ति, संस्थालाई धन्यवाद ज्ञापन गरेको छ । 


याे पनि पढाैं

हार्दीक शुभकामना  


बाजुराको यस बुढीनन्दा नगरपालिमा सञ्चालित ‘सूचना र समृद्धिको आवाज’, सामुदायिक रेडियो बुढीनन्दा ९६।५ मेगाहर्ज,ले आफ्नो स्थापना बर्षको ४ बर्ष पुरा गरी पाँचौ बर्षमा प्रवेश गरेको यस सुखत अवसरका साथै गणतन्त्र दिवस २०७८ को अवसरमा सम्पूर्ण स्रोतावर्ग, विज्ञापनदाता, सुभइच्छुक, सुभचिन्तक, सञ्चालक समितिका पदाधिकारी र कर्मचारी मित्रहरुका साथै बाजुरा, हुम्ला, मुगु, कालिकोट लगायत जिल्लाका आमाबुवा तथा दाजुभाई दिदीवहिनीहरुमा सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक सुभकामना ब्यक्त गर्दछौं । साथै बुढीनन्दा भगवतिको दर्शनको क्रममा वेपत्ता भई ज्यान गुमाउनुभएका बुढीनन्दा रेडियोकर्मी पत्रकार तेजु खड्का प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं ।

बाजुराको उत्तरपूर्वी क्षेत्र र आसपासका जिल्लाको समेत दुर्गम क्षेत्रका जनताको सूचनाको हकलाई स्थापित गर्न यस क्षेत्रमा थुप्रै चुनौतीका वावजुद पनि रेडियो स्थापनाका लागि सहयोग गर्नुहुने तत्कालिन गाउँविकास समिति र गाविस सचिव ज्यूहरु, सञ्चालक समितिका पदाधिकारीहरु, विभिन्न संघ संस्था र सो संघसंस्था संग आवद्ध मित्रहरु, विभिन्न राजनैतिक दल र त्यसमा आवद्ध राजनितीकर्मी ज्यूहरु, सञ्चार माध्यम र सञ्चारकर्मी ज्यूहरुमा यस रेडियो बुढीनन्दा सञ्चालक समितिको तर्फबाट हार्दिक आभार ब्यक्त गर्न चाहान्छौं । तपाईहरुकै सहयोगका कारण आज यस क्षेत्रका जनताको सञ्चार तथा सूचना संग सम्वन्ध जोडिएको छ । 

आम स्रोता वर्गमा सूचनाको पहुचलाई थप प्रभावकारी वनाउन र सूचना पाउनबाट बन्चीत सुदुरपश्चिम र कर्णाली प्रदेशका दुर्गम र विकट जिल्लाका अधिकांस जनतालाई सूचना सहजताका लागि हामीले यस रेडियो बुढीनन्दाको क्षमता विस्तार गरी रिले प्रसारणका माध्यमबाट प्रशारण गर्ने कार्य अघि बढायौं र सो कार्यमा सहयोग गर्ने हुम्ला, मुगु, कालिकोट र बाजुराका स्थानिय तहहरुलाई समेत विषेश धन्यवाद ब्यक्त गर्दछौं । 

हाल विश्वभरी फैलिएको कोभिड १९ महामारीको विषम परिस्थितिका कारण विगत २ बर्ष देखि हामीले कतिपय हाम्रा अभियान र गतिविधिहरु राम्रो संग सञ्चालन गर्न पाइरहेका छैनौं । अहिले विश्व समुदाय संगै हाम्रो देश र हाम्रा प्रदेशहरु पनि कोरोना महामारी विरुद्ध संर्घष गरीरहेका छन । हाम्रा स्रोता वर्ग समेत यस महामारीको प्रभावबाट प्रभावित भएको र महामारी संग संर्घष गरीरहेको परिस्थितीमा उहाँहरुमा रोग संग लड्न सक्ने क्षमतामा बृद्धि हुनका साथै आत्मबलमा बृद्धिहोस कामना गर्दछौं । यस महामारी विरुद्धको लडाई जारी छ । यस अवस्थामा विभिन्न सुरक्षा सर्तकता अपनाउदै जीवनको लडाईलाई निरन्तरता दिने उर्जा थपियोस हार्दिक सुभकामना छ । 

सूचनाको पुहँच विना जनताको जीवनस्तरमा समृद्धि आउदैन भन्ने कुराले निरन्तर हामीलाई छोइरहेको छ । हामी के मा विश्वस्त छौं भने कुनै पनि दल, निकाय वा नेतृत्वले गरेको भाषणले पनि समृद्धि आउदैन । समृद्धिका लागि जनता सचेत हुनुपर्दछ । जनता सचेत हुनका लागि त्यसको माध्यम भनेको सञ्चार माध्यम हो । सञ्चार माध्यममा पनि सुलभ र सहज माध्यम भनेको रेडियो हो त्यसैले हाम्रो भूमिकासत्य, तथ्य सूचना सम्प्रेण गरी जनताको जीवनस्तरमा परिर्वतन ल्याउनु हो । नेपालमा प्रजातन्त्रको स्थापना भईसके पछिका झण्डै ७ दशक सम्म पनि हामी सूचनाको पहुचमा थिएनौं । त्यसले हामीलाई कति समय पछाडी धकेलेको रहेछ भन्ने कुरा स्रोता स्वयमले मूल्याङ्कन गर्नुभएको छ । त्यसैले हाम्रा कर्मचारी मित्रहरुले रात दिन नभनेर यस विषम परिस्थितिमा आफ्नो ज्यूज्यानको समेत प्रवाह नगरी सूचनालाई निरन्तर गरी राख्नु भएको छ । यस अवसरमा ति कर्मचारीहरुका प्रति उच्च सम्मान ब्यक्त गर्दै आगामी दिनमा पनि यस कार्यलाई थप जिम्मेवार ढंगले उच्च सिर्जनशिलता अपनाई पुरा गर्नुहुनेछ भन्नेमा आशावादी छौं ।

सूचनाका माध्यमबाट समाज रुपान्तरण त्यति सजिलो छैन र त्यति अप्ठेरो पनि छैन जति हामी अनुमान गरिरहेका छौं । हाम्रो लक्ष्य विपन्न जनताको समृद्धिको दैलो खोल्नु हो । त्यसका लागि उत्पन्न हुने आरोह अवरोह संग सामना गर्नकै निम्ती हामीले यस्तो दुर्गम ठाउँमा यो रेडियो स्थापना गरेका हौं । यहाँ हुने भ्रष्ट्राचार, वेथिती, अन्याय, अत्याचार र हाम्रा कतिपय गलत मान्यता र प्रचलनलाई विस्थापित गर्दै सहि र सवैले स्वीकार्य मान्यता स्थापित गर्नु, सामाजिक न्याय, समानहक, समानता र समताको मार्ग सम्म पुग्नका लागि तपाई स्रोता वर्ग, सुभइच्छुक, सुभचिन्तक आम नागरिकबाट अविरल सहयोगको अपेक्षा गरेका छौं । हामीले यहाँको भाषा, कला, साहित्य, संस्कृतीको संरक्षणको लागि निन्तर क्रियाशिल रहेका छौं । 

अन्तमाः अहिले कोरोना महामारीका कारण उत्पन्न परिस्थिति संग जुध्नु र मृत्युको महासंकट पार गर्नु नै हाम्रो प्रमुख चुनौती हो । यस चुनौती संग संर्घष गरी रहेका आम मानिसहरुमा सहानुभूति ब्यक्त गर्दै यस परिस्थिति संग लड्न हाम्रो गक्षताले पुगे सम्मको सहयोग गर्ने समेत प्रतिवद्धता ब्यक्त गर्दछौं । यस परिस्थितिको सामना गर्दागर्दै जतिले ज्यान गुमाए उहाँहरुको परिवारमा इश्र्वले धैर्यधारण गर्न सक्ने शक्ति प्रदान गरुन भन्दै हार्दिक समवेदना ब्यक्त गर्दछौं । धन्यवाद । 

अनिल बहादुर शाही                                                                       कर्णविर बुढा

    सचिव                                                                                              संयोजक 

संञ्चालक समिति                                                                              संञ्चालक समिति

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल