पत्रकारको पहलमा हिमालीका साहारा विहिन ल्वार दाजुभाईलाई राहात सामाग्रि हस्तान्त्रण

Radio Budhinanda FM -   BFM || २०७७ चैत १४ शनिवार

बाजुराको हिमाली गाउँपालिकाका साहारा विहिन तिन जना नावालक दाजुभाईलाई हिजो राहात समाग्रि हस्तान्त्रण गरीएको छ । सोहि गाउँपालिका वडा नं ६ धिमका ब्यसाहारा विरवहादुर ल्वार, अर्जुन ल्वार र प्रदिप ल्वारलाई राहात समाग्रि वितरण गरीएको हो । हिमाली गाउँपालिकाको धुलाचौरमा ब्यापार ब्यवसाय गर्दै आएका ब्यवसायीबाट संकलित भएको खाद्यान्न तथा स्टेशनरीका सामाग्रि साहारा विहिन दलित समुदायका ल्वार दाजुभाईलाई वितरण गरीएको छ ।

पत्रकार जीवन कैला र महेश कार्कीको पहलमा संकलित खाद्यान्न, तेल, दाल, लत्ता कपडा, झोला र स्टेश्नरीका सामाग्रि तिन जना नावालकलाई हस्तान्त्रण गरीएको हो । वुवाको मृत्यु र आमाले अर्काे विवाहा गरेर गए पछि तिन जना नावालक करीव ९ वर्ष देखि अलपत्र अवस्थामा रहेका थिए । रिपोर्टिङ्गका लागि हिमालीको धिममा पुग्नुभएका पत्रकार कैला र कार्कीले उनिहरुको सहयोगका लागि आश्वासन दिनुभएको थियो ।

           अलपत्र अवस्थामा रहेको जानकारी पाए पछि गत फागुन २६ गते आमाले छोडेर गएको दिन देखि चुलो वलेन, भन्ने शिर्षकको समाचार रेडियो बुढीनन्दामा प्रशारण भए पश्चात ब्यवसायि हस्त वहादुर मल्ल, नमराज मल्ल र धनप्रसाद जोशीले नावालक ल्वारका लागि राहात समाग्रि सहयोग गर्नुभएको छ । हिमाली गाउँपालिकाको केन्द्र धुलाचौरमा ब्यवसाय गर्दै आउनुभएका मल्लद्धयले दुई कट्टा चामल, पाचँ केजी दाल, दुई पाकेट तेल, जकेट, टिसर्ट र झोला सहयोग गर्नुभएको थियो भने जोशीले स्टेशनरीका सामाग्रि सहयोग गर्नुभएको थियो ।

                        आफुले पनि विगतका दिनमा यस्तै पिडा पाएको स्मरण गर्दै ब्यवसायि नमराज मल्लले उनिहरुको दुखमा थोरै भए पनि सहयोग गर्न पाउदा खुशि लागेको बताउनुभएको छ । आज धिममा एक कार्यक्रमको आयोजना गरी वडा नं ६का वडाअध्यक्ष सुरेन्द्रवहादुर मल्ल र पीसविन बाजुरा सुशासन कार्यक्रम संयोजक जयलाल विकले स्थानियको रोहवरमा राहात सामाग्रि हस्तान्त्रण गर्नुभएको बताईएको छ । आमा र वुवाको साहारा विहिन वनेका नावालक दाजुभाई अहिले विहान वेलुका काम गर्दै दिउसो विद्यालय जाने गरेका स्थानियले बताएका छन । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल