नेपाली काङ्ग्रेस बाजुराको सचिब पदमा युवा नेता बोहाेराको उम्मेद्वारी घाेषणा

Radio Budhinanda FM -   BFM || २०७८ भदौ २५ शुक्रबार

महेश कार्की बाजुरा

नेपाल विद्यार्थी संघका पूर्व केन्द्रिय सदस्य शिव बोहोराले नेपाली काँग्रेसको आसन्न महाधिवेसनमा जिल्ला कार्य समितिको सचिवमा लड्ने घोषणा गर्नुभएको छ । कोल्टीमा आज पत्रकार सम्मेलन गर्दै बोहोराले नेपाली काँग्रेसलाई गुट रहित बनाउनका लागि नेपाली काँग्रेस बाजुराको सचिवमा आफ्नो उम्मेद्धारी रहने घोषणा गर्नुभएको हो ।                                   

                                                बोहोराले आफू विगत २०५३ साल देखि नेविसंघको सक्रिय राजनितीमा रहेको र नेपाली काँग्रेस बाजुरालाई बलियो बनाएर आगामी सवै तहको चुनावमा जिताउनका लागि आफ्नो उम्मेद्धारी रहेको बताउनुभयो । विगत २०५३ सालमा सत्य मावि नेविसंघ इकाई अध्यक्ष, २०५५ सालमा महेन्द्र रत्न क्याम्पसको इकाई सचिव, २०६० सालमा नेविसंघ महेन्द्र रत्न क्याम्पसको इकाइ अध्यक्ष हुदै २०७० सालमा नेविसंघको केन्द्रिय सदस्य भएको बताउदै बाजुराको जिल्ला कार्य समितिको सचिवमा आफू योग्य भएको बताउनुभएको छ । 

                                               नेपाली काँग्रेसका अग्रजहरुले युवाहरुलाई स्थान दिएर पुस्ता हस्तान्तरण गर्ने प्रतिवद्धता समेत गरेको र त्यसका लागि उहाँहरु प्रतिवद्ध भएका कारण पनि अव युवाहरुको आवश्यकता रहेको बताउनुभयो । गुट उपगुटले पाटी कमजोर भएको बताउदै युवाहरुले गरेको कामका आधारमा पनि युवा पुस्तालाई जिम्मेवारी दिन अग्रज नेताहरु तयार हुनुपर्ने उहाँले बताउनुभयो । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल