नेकपा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाजुरा समितिले जिल्ला प्रशासन कार्यालय माग पत्र वुझायाे

Radio Budhinanda FM -   BFM || २०७८ साउन १४ बिहिबार

                  नेकपा विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी बाजुरा समितिले जिल्ला प्रशासन कार्यालय बाजुरालाई हिजो माग पत्र वुझाएको छ । हाल विश्वभरी फैलिरहेको कोभिड १९ र वाढि  पहिरो जस्ता प्राकृतिक प्रकोपबाट अक्रान्त वनिरहेका स्थानियलाई राहात उपलब्ध गराउनु पर्ने लगायतका ७ वटा माग राखि जिल्ला प्रशासन कार्यालय बाजुरालाई माग पत्र वुझाईएको हो ।

                 जिल्लाका विभिन्न स्थान मध्य बाम्का वजार, ओलेना, घटमुना, साप्पाटा, पैमाँ लगायतका अति जोखिममा रहेका वस्ति तथा सडक क्षेत्रको भौगर्भिक अध्ययन गरी वैकल्पीक ब्यवस्था गर्ने, यातायातको साधानमा भएको मनोमानि भाडा वृद्धिदरको अनुगमन गरी नियम अनुसार कायम गर्ने, कोरोना माहामारी र वर्खे सिजनको बाहानामा अनावश्यक वृद्धि गरीएको मुल्य तथा कालो बजारीको अनुगमन गरी नियन्तरण गनुपर्ने, गाउँ नगर सरकारका विकाशका कामहरुमा भएका भ्रष्टचार यथासिग्र रोक्न पहल गर्न तथा भ्रष्टचारीलाई कारवार्हि गर्नुपर्ने लगायतका माग राखिएको छ ।

                                                  त्यस्तै स्थानिय तह तथा सरकारी कार्यालयमा विकाश तथा प्रशासनिक कार्यमा भएको अनियमितताको छानविन गर्ने, कोरोना भाईरसको अवस्थामा प्रभावित शिक्षा क्षेत्रको वैकल्पीक ब्यवस्थापन गर्ने, निजि विद्यालयले अध्यापन नगराएको महिनाको मासिक शुल्क फिर्ता गर्नु पर्ने र समाजमा भएका जातिय छुवाछुत, लंैगिंक हिसां छाउपढि प्रथा जस्ता कुरीतिलाई रोक्न पहल गरीनु पर्ने जिल्ला सचिव एन्डीजले हस्ताक्षेर गर्नुभएको माग पत्रमा उल्लेख गरीएको छ ।

                                                                           नेपाल कम्युनिष्ट पार्टी बाजुरा समितिका सचिव एन्डीजले विषम परीस्थीतिमा नागरीकलाई राहातमा सहयोग पुगोस भन्ने उदेश्यले प्रमुख जिल्ला अधिकारीलाई माग पत्र वुझाएको जानकारी दिनुभएको छ । उहाँले आफ्नो पार्टीले वुझाएको माग पत्र जिल्ला प्रशासन कार्यालय बाजुराले तत्काल कायन्वयन गर्नेमा आसावादि रहेको र यदि माग सम्वोधन नभएको खण्डमा आवश्यक निर्णय लिन बाध्य हुने उहाँले बताउनुभएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल