खोलाले बगाउदा एक महिला बेपत्ता

Radio Budhinanda FM -   BFM || २०७८ जेठ ३१ सोमबार

बाजुरा-जिल्लाको पुर्वी उत्तरी भेगको बुढीनन्दा नगरपालिकामा सोमबार विहान गाउँ नजिकैको खोलाले बगाउदा एक महिला बेपत्ता भएकी छन् ।

बेपत्ता हुनेमा सोही नगरपालिका–३ लौठा रुखकी अन्दाजी ३६ वर्षीया मोतिकला ल्वार रहेकी छन् ।

बेपत्ता ल्वारको खोजी कार्य भएपनि नभेटाएको स्थानीयले बताएका छन् । बेपत्ता भएकी महिलाका तीन छोराछोरी विचल्लीमा परेको बोहराको भनाइ रहेको छ । बेपत्ता महिलाका श्रीमानले अर्को विवाह गरेर भारतमा गएको स्थानीयले बताए ।

आइबातरबाट आएको लगातारको अविरल वर्षासंगै सोमबार विहान खोलामा आएको बाढीले बगाउँदा उक्त महिलालाई बेपत्ता पारेको हो । गाउँमा रहेको बड्डीगाड खोलाले बगाएर ल्याएका दाउरा ल्याउन जाने क्रममा खोलाले बगाएर बेपत्ता पारेको हो


खोलाले बगाएर बेपत्ता भएकी महिलाको खोजी कार्यका लागि इलाका प्रहरी कार्यालय कोल्टीको टोली घटनास्थलमा गएको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल