कुण्डा क्षेत्रकाे विकासमा ढीलासुस्ती नगर्न सरकारवालालाइ संसाद बल्देब रेग्मीकाे निर्देशन ।

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण ४ मङ्गलबार

बाजुराको निर्वाचन क्षेत्र नं कको विकासका लागि सरोकारवाला पक्ष विच साेमबार छलफल भएको छ । बाजुराको विकाशका लागि सदुरपश्चिम प्रदेश साँसद बल्देब रेग्मी लगायतका सरोकारावाला पक्ष विच आज कोल्टीमा छलफल भएको हो ।

बुढीनन्दा नगरपालिकाको कोल्टीमा रहेको इलाका प्रहरी कार्यालयको प्राङ्गणमा निर्वाचन क्षेत्र नं कको विकासका लागि सरोकारवालाहरुसँग छलफल गरिएको वताइएको छ । विभिन्न निकाय विच सम्पन्न छलफल कार्यक्रममा खानेपानी, विद्युत, यातायात, ट्राफिक लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गरिएको हो । कोल्टी बजारमा अस्त ब्यस्त वनेको खानेपानि ब्यबस्थापनका लागि स्थानिय तहलाई तत्काल काम संचालन गर्न लगाउने, बजारमा गाडी पार्किङ्गको ब्यबस्थापन गर्ने, बजारका होटेल तथा पसलबाट जथाभावि वग्ने ढल निकाशको प्रवन्ध गर्न ढल नालिको ब्यबस्थापन गर्ने, कुण्डा क्षेत्रमा सडक दुर्घटनालाई न्युनिकरण गर्न ट्राफिक प्रहरीलाई सक्रिय गराउने र विद्युत ब्यबस्थापनमा जोड दिने लगाएतका नागरीकका जनजीविकाको सवालमा छलफल गरिएको छ

। छलफल कार्यक्रममा साँसद रेग्मीले कुण्डा क्षेत्रको विकासका लागि कसैले पनि राजनितिक नगर्न आग्रह गर्नु भएको छ । विकाश भनेको जुनसुकै पार्टीको साझा सरोकार भएको बताउदै सांसद रेग्मीले कुन्ना क्षेत्रको विकाशका लागि कसैले पनि राजनितिकरण नगरी सवै पार्टीले एक भएर विकाशमा लाग्न आग्रह गर्नुभएको छ । उहाँले राष्ट्र सेवक कर्मचारीलाई कसैको धाक धम्कीमा नवस्न र स्वस्फुर्त भई जनताका लागि निस्वार्थ भएर काम गर्न निर्देशन दिनुभएको छ । कर्मचारीले म फलानो पार्टीको हो भन्ने हेक्का नराखि नागरीकको सेवाका लागि हेलचक्रालाई नगर्न पनि सुझाव दिनुभएको छ ।

उहाँले राजनितिक दवावका कारण कर्मचारीले वाहिर भन्न नसकेको अवस्था भए पनि आन्तरीकमा भेदभाव गरेको नागरीकबाट गुनासो आएको बताउनुभयो । ईलाका प्रहरी कार्यालय कोल्टीमा आयोजित कार्यक्रममा सांसद रेग्मी, नेकपा बाजुरा जिल्ला कमिटी सचिवालय सदय पुर रावत, बुढीनन्दा नगरपालिकाका उपप्रमुख श्रृष्टी रेग्मी, प्रमुख प्रशासकिय अधिकृत सेर बहादुर बुढा, सुचना अधिकारी रामदत्त न्यौपाने, प्रहरी निरिक्षक देवेन्द्रराज जोशी, उद्योग बाणिज्य संग कोल्टीका अध्यक्ष काँशीराम कैला, रेडियो बुढीनन्दाका प्रबन्ध निर्देशक अनिल शाही, नेकपाका जिल्ला कमिटी सदस्य धन बहादुर रावत लगायतका सराकारवालाहरुको उपस्थिीति रहेको बताईएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल