कुण्डा क्षेत्रका जनता अव बसमा सरर फोटा फिचर ।

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण १६ आइतबार

बाजुराको बुढीनन्दा नगरपालिकाको कोल्टीमा आज पहिलो पटक वस पुगेको छ । जिल्ला सदुरमुकाम मार्तडि हुदै आज पहिलो पटक कोल्टीमा वस पुगेको हो । कर्णालि प्रदेशको ००१ख ०४०२ नम्वरको वस आज कोल्टी पुगेको चालक एक बहादुर थापाले जानकारी दिनुभएको छ । कोल्टी मार्तडि निमार्ण कार्य सञ्चालन भएको करीव २० वर्ष पछि निर्वाचन क्षेत्र नं कको कोल्टीमा वस पुग्दा स्थानिय खुशि भएका छन ।

           पहिलो पटक कुन्ना क्षेत्रका वस पुग्दा स्थानिय खुशि हुदै फुलमालाले स्वागत गरेका छन । बाजुराको निर्वाचन क्षेत्र नं कका चार वटा स्थानिय तह र कर्णालि प्रदेशको हुम्ला, कालिकोट र मुगु लगायतका स्थानियलाई सेवा दिने उद्देश्यले आजबाट नियमित वस सेवा सञ्चालन भएको ब्यवसायी गणेश शाहीले बताउनुभएको छ । कर्णाली प्रदेशको चंखेलि गाउँपालिका, हुम्लाको सर्केगाड गाउँपालिका र बाजुरा देखि कोलिकोट सम्म सो सेवा सञ्चालन हुने उहाँले बताउनुभएको छ । विकट क्षेत्रका स्थानिय सहजरुपमा सेवामा जोडिन मात्र नभई नियमितरुपमा सेवा पाउने शाहीले बताउनुभएको छ । हुम्लाका स्थानिय हाल सम्म पनि सडक सञ्चालमा नजोडिएको बताउदै शाहीले विकट क्षेत्रका स्थानियलाई केहि राहात पाउनु भन्ने उद्देश्यले आफुले सेवा सञ्चालन गरेको बताउनुभयो । उहाँले हाल सम्म पनि हुम्लाका स्थानिय सडक सेवामा नजोडिएको प्रति गुनासो गर्नुभएको छ ।

               कर्णाली करीडोर निमार्ण भए संगै हुम्लाका स्थानियले जिवको महंगो भाडा तिरेर सेवा लिएको अवस्थामा आफेुले सस्तो सुलभ मुल्यमा यात्रुलाई वस सेवा दिने शाहीको भनाई छ । ३० जना यात्रु वोक्ने क्षेमताको कर्णाली प्रदेशको बाजुरा लगायत कर्णाली प्रदेशका हुम्ला, कालिकोट र मुगु लगायतका क्षेत्रमा वस नियमितरुपमा सञ्चालनामा आउने हुम्लाको अदानचुलि गाउँपालिका चारका स्थानिय नन्दराज शर्माले बताउनुभएको छ । नेपाली सेनाद्धारा कार्णाली करीडार निमार्ण कार्य सम्पन्न भए देखि गाडि आवत जावतमा सहज हुने हुदा स्थानिय खुशि भएका छन । मार्तडि कोल्टी ४३ किलोमिटर सडक निमार्ण कार्य नियमिति सञ्चालन भैरहदा गाडि आवत जावतमा सहज भएको छ । हाल सम्म लामो दुरीका यातायात सञ्चालन हुन नसके पनि छोटा दुरीका यातायात सञ्चालन भैरहदा स्थानियलाई कोल्टी मार्तडिमा आवत जावत गर्न सहज भएको रेडियो बुढीनन्दाका प्रवन्ध निर्देश अनिल शाहीले बताउनुभएको छ ।

               रेडियो बुढीनन्दाको एक पृर्थक प्रयासले कुन्ना क्षेत्रका स्थानियले सेवा लिन नपाए पनि वस देख्न सम्म पाउदा पनि सुनौलो अवसर भएको उहाँले बताउनुभएको छ । स्थानिय सरकारको अनुभुतिमा रहेका कुन्ना क्षेत्रका स्थानिय विस्तारै सञ्चार, विद्युत, यातायात लगायतका स्थानियले चाहे अनुसार सेवा पाउन सकिरहेका छैनन । तत्कालिन प्रधानमन्त्रि स्वर्गिय मनमोहन अधिकारीले २०५२ सालमा साफेँ मार्तडि सडक खण्डको सिलान्यास गर्नुभएको थियो ।

                                  ३२ लाख लागतमा निमार्ण सुचारु गर्नका लागि प्रधानमन्त्रि अधिकारीले सो सडकको सिलान्यास गर्नुभएको सांसद हिम्मत शाहीले बताउनुभएको छ । शाहीले आफु सांसद भएकै अवस्थामा साफेँ मार्तडी सडक खण्डको सिलान्यास गर्ने कार्यले तिर्वता पाएको बताउनुभएको छ त्यस्तै मार्तडि, को्ल्टी, पिलुचौर ५४ सालमा सिलान्यास भएको बताउदै सांसद शाहीले यसका लागि २७ लाख रकम विनियोजन भएको बताउनुभयो । साफँ मार्तडि, ५७ किलो मिटर सडक पिच भई सकेको छ भने कोल्टी मार्तडि ४५ किलोमिटर मिटरको डवल कटिङ्गको कार्य सुरुवात भैरहेको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल