कोल्टीमा एम्वुलेन्स नभए पछि विरामीको उद्धार गर्न समस्या काेराेना संक्रमित र अन्य विरामी संगै

Radio Budhinanda FM -   BFM || २०७८ ब‌ैशाख २८ मङ्गलबार

महेश कार्की

बाजुराको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आएका एक जना कोरोना संक्रमितलाई तत्काल जिल्ला पठाउनु पर्ने अवस्था भए पनि एम्वुलेन्स नहुदा समस्या भै रहेको छ ।

बुढीनन्दा नगरपालिकाको एम्वुलेन्स नभएको र गाडीलाई भन्दा मार्तडी लिन नमानीरहेको प्राथमिक स्वास्थ्य केन्द्र स्रोतले जनाएको छ । हाल स्वामीकार्तिक गाउँपालिका र हिमाली गाउँपालिकाको एम्वुलेन्स जिल्ला वाहिर रहेकाले रिफर गरिएका विरामीलाई मार्तडी पुर्याउन समस्या भए पछि स्थानिय थप समस्यामा परेका छन ।  कोभिड संक्रमित देखिएका विरामी दमको समेत विरामी भएकाले अवस्था असामान्य भए पछि जिल्ला अस्पतालले मार्तडी पठाउन भने पनि कोल्टीमा एम्वुलेन्स नहुदा मार्तडी पठाउन समस्या भएको हो ।

कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सीजन सिलिन्डर सहितको सेवा नहुदा उहाँलाई तत्काल मार्तडी पठाउनु पर्ने अवस्था आएको स्वास्थ्य केन्द्र स्रोतले जनाएको छ । यता बुढीनन्दा नगरपालिकाका स्वास्थ्य संयोजक जसि विकले भने रिफरका लागि एम्वुलेन्स नहुदा समस्या भएको स्वीकार्दै आवश्यक ब्यवस्थागर्ने बताउनुभएको छ ।

नगरपालिकाले एम्वुलेन्स खरिद कार्य नगरेका कारण अहिले यो अवस्था आइलागेको बताउदै उहाँले यस विषयमा नगरप्रमुख र प्रदेश सांसदलाई समेत जानकारी गराएको बताउनुभयो । यता नगरपालिकाले पुरानो ब्यारेकमा तयार गरेको १२ वटा अक्सीजन सिलिन्डर सहितको आइसोलेन जडान नगरेका कारण पनि यो समस्या आएको हो । नगरपालिकाले आइसोलेसनमा जडान गर्नका लागि अक्सीजन सिलीन्डर ल्याए पनि सो जडानका लागि काम भने गरेको पाइदैन ।  


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल