कोभिड १९ को पुर्व तयारीका विषयमा छलफल गर्दै समिक्षात्मक कार्यक्रम कोल्टीमा सम्पन्न ।

Radio Budhinanda FM -   BFM || २०७८ ब‌ैशाख १८ शनिवार

अनिल शाही

बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एक कोल्टमा रहेको प्राथमिक स्थास्थ्य केन्द्र समिक्षात्मक कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य व्यवस्थापन समितीका अध्यक्ष निर्पराज खत्रीको अध्यक्षयतामा सञ्चालित समिक्षात्मक कार्यक्रम आज कोल्टीमा सम्पन्न भएको हो । कार्यक्रममा कोभिड १९ को पुर्व तयारी, स्वास्थ्य कर्मीले खेल्नु पर्ने भुमिका, कर्मचारी पदपुर्ति, स्वास्थ्य व्यवस्थापनमा भएको लापर्वाही, कर्मचारीले गरेको हेलचक्राई लगायतका विषयमा छलफल भएको छ । प्राथमिक स्वास्थ्य केन्द्र कोल्टी हाल डाक्टर विहिन वनेको र केहि दरवन्दि रिक्त रहेको अवस्थामा सरोकारवालको ध्यान केन्द्रित भएको छ ।

प्राथमिक स्वास्थय केन्द्र कोल्टीमा मेडिकल अधिकृत, हेल्थ असिष्टेन्ट र स्टाफ नर्सको दरवन्दि खालि रहेको छ । स्वास्थय कार्यालयमा कार्यरत केहि कर्मचारी समायोजन र केहि कर्मचारी विदाई भएर गए पछि अहिले सेवा प्रवाहामा समस्या भएको छ । कोरोना भाईरसको विषम परीस्थतिमा स्वास्थय कार्यालयमा एक जना डाक्टर अनिवार्य भए पनि स्वास्थय केन्द्रमा भएका दरवन्दिमा पनि पतपुर्ति हुन नसकेको नागरीकले गुनासो गरीरहेका छन । स्वास्थय कार्यालयमा कार्यरत अहेव र अनमिले सेवा प्रदान गरीरहेका प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले जनाएको छ । बाजुरा, हुम्ला र कालिकोटका स्थानियलाई सेवा दिदै आएको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा दैनिक ७० देखि ८० जना विरामी आउने गरेका स्वास्थयकर्मीले बताएका छन ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनुभएका सुदुरपश्चिम प्रदेश सांसद बल्देब रेग्मीले चाडै स्वास्थयकर्मी र आंैषधि उपकरणको ब्यवस्थापन हुने बताउनुभयो । स्वास्थय कर्मीलाई नागरीकको स्वास्थ्य माथि खेलवाड नगर्न आग्रह गर्दै उहाँले स्वास्थ्य केन्द्रबाट प्रदान हुने सम्पुर्ण सेवा सहज र उपयुक्त तरीकाले प्रदान गर्न आग्रह गर्नुभएको छ । स्वास्थ्य केन्द्रमा डाक्डरको पदपुर्तिका लागि प्रदेश सरकार संग समन्वय भईरहेको पनि उहाँले बताउनुभएको छ । स्वास्थयकर्मी नागरीकको प्रत्यक्ष जीवन संग जोडिएको बताउदै सांसद रेग्मीले स्वास्थ्यकर्मीले जनताको स्वास्थ्यलाई गम्भिर भएर सोच्नु पर्ने बताउनुभयो ।

बुढीनन्दा नगरपालिकाका स्वास्थ्य सहसयोजक ओमजङ्ग शाहीले सञ्चालन गर्नुभएको कार्यक्रममा नेकपा एमाले माधव समुहका जिल्ला कमिटी सचिव पुरबहादुर रावत, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर वुढा, सुचना अधिकारी रामदत्त न्यौपाने, स्वास्थ्य संयोजक जशी ल्वार वडा नं दुईका वडाअध्यक्ष भीमबहादुर कार्की, वडा नं चारका वडाअध्यक्ष राजन कुमार रोकाया, रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाही लगायत स्वास्थ्यकर्मीको सहभागिता रहेको बताईएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल