जिर्ण अवस्थाको पशुपति मन्दिर ,संरक्षणमा कसैको ध्यान जान सकेनन

Radio Budhinanda FM -   BFM || २०७८ ब‌ैशाख ३० बिहिबार

मन्दिर जसलाई हामी भगवानको घर भनेर चिन्छौं । भगवान, हामी मानवको सृष्टि कर्ता जो हामी भन्दा श्रेष्ठ छ । हामी आफ्ना मनोकांक्षा पुरा गर्नका लागि भगवानको श्ररणमा पर्दछौं । अझ मानिस यति स्वास्र्थी प्राणी हो जसले आफूलाई दुःख परेको बेला मात्र भगवानलाई सम्झने गर्दछ । दुखको बेला सहारा हुने तिनै भगवानको समेत विचल्ली भएको हाम्रै समाजमा देख्न पाइन्छ ।

            बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीको पुरानो ब्यारेक नजिक रहेको पशुपति नाथको मन्दिर अहिले जिर्ण अवस्थामा रहदा कसैको पनि ध्यान पुग्न सकेको छैन । नेपाली सेनाको ब्यारेक हुदा २०६० सालमा निर्मित सो मन्दिर कुनै बेला हेर्न लाएकको ठाउँ थियो र हजारौं श्रद्धालुहरुको पुजा गर्ने स्थल थियो । त्यहाँबाट नेपाली सेना सरे संगै मन्दिरको संरक्षण हुन नसक्दा अहिले भग्नावशेष जस्तो देखिन्छ ।

                     द्वन्द्वका समयमा हजारौं ब्यक्तिको सहारा बनेका भगवान पशुपति नाथ अहिले आफै ब्यसहारा बन्नु भएको छ । सो मन्दिरमा हरेक बर्षको तिज, महाँशिवरात्रि जस्ता पर्वमा मेला समेत लाग्ने गरेको छ तर भगवानको घरलाई संरक्षण र सरसफाइमा भने कसैको पनि ध्यान जान सकिरहेको छैनन । अहिले सामुदायीक वनको क्षेत्रमा पर्ने सो मन्दिरको सरसफाइ र त्यसको संरक्षणमा स्थानियले समेत ध्यान दिन सकिरहेको देखिदैन ।

                नेपाली सेनाको ब्यारेक हुदा सम्म टलक्ट टल्कीने र चिटिक्क परेको देखिने मन्दीर अहिले भग्नावसेसको रुपमा देखिन्छ । मन्दिर भित्रको शिवको मुर्ति नजिकै काठ खसेको छ र मन्दिर बाहिरको बसाहको मुर्ति समेत तोडफोड गरिएको अवस्थामा रहेको छ । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल