जापानमा बस्ने जोशि द्वारा कोभिड विरुद्धको सहयोग अभियानमा अर्थिक सहयोग

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १३ बिहिबार

बाजुरा ,जेठ १३

            बाजुराको निर्वाचन क्षेत्र नं क का स्थानिय तहहरुमा कोरोना भाइरसको संक्रमण बृद्धि भए संगै शुरु भएको कोभिड विरुद्धको सहयोग अभियानमा सहयोगि मनहरुले सहयोगलाई निरन्तरता दिएका छन । बाजुराको बुढिनन्दा नगरपालिका वडा नं ६ लाटुबस्ती वस्ने पवन जोशीले  सहयोग अभियानलाई ५ हजार सहयोग गर्नुभएको छ ।


                               पढाइकाे शिलशिलामा जापानमा बस्दै आउनु भएका जोशीले आज कोभिड सहयोग अभियानको खातामा सो रकम जम्मा गर्नुभएको हो । बाजुरामा कोरोना संक्रमितको संख्या तिव्र रुपमा बृद्धि भए संगै अक्सीजनको अभावमा विरामी कोल्टी प्राथमिक केन्द्रबाट विरामी रिफर हुन थाले पछि स्वस्फूर्द रुपमा सो अभियान सञ्चालन गरिएको हो ।


                सञ्चालित अभियानमा मानवीयताका लागि मानवीय सहयोग गर्न अपिल गरिए संगै सहयोग गर्ने क्रम जारी रहेको सहयोग संकलन अभियानका सचिव नहकुल जोशीले बताउनुभएको छ ।


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल