जन्मदिनको अवसरमा नेपालीले गरे अनाथ बालबालिकालाई शैक्षिक सामाग्री सहयोग

Radio Budhinanda FM -   BFM || २०७७ चैत १८ बुधबार

बाजुरा : बडिमालिका नगरपालिका वडा नं.९ का प्रेम नेपालीले जन्मदिनको अवसरमा अनाथ बालबालिकालाई शैक्षिका सामाग्री सहयोग गरेको छ । आफ्नो २४ औँ जन्म उत्सवको अवसरमा क्रेटर जोन एकेडमीमा निःशुलक अध्ययन गरिरहेका १६ जना अनाथ बालबालिकाहरुलाई भलिबल र शैक्षिक सामाग्री सहयोग गरेको हो । 

सामाजिक सेवामा काम गर्नुपर्छ भन्ने उद्देश्यका साथ आर्थिक रुपमा न्युन असाय बालबालिकालाई शैक्षिक सामाग्री स्वरुप कपी डटपेन, मेटर सर्जिकल मास्क लगायतका सामाग्री र खेलमा समेत पछाडी नहुन भन्ने मनसायले भलिबल समेत  सहयोग गरेको नेपालीले बताएका छन् । त्यस्तै जन्म उत्सवकै अवसरमा कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन बढ्दै गएको बेला सुरक्षा रहन बडिमालिका नगरपलिका–९ उखाडीका १० परिवारलाई मास्क र साबुन समेत सहयोग गरेको बताएका छन् । 

No description available.अनाथ बालबालिकालाई केही राहत प्रदान गर्नका लागि शैक्षिक सामाग्री वितरण गरिएको नेपालीले बताए । हामीहरूले शैली परिवर्तन गर्नुपर्छ, खाने, हिड्ने सँगै गर्ने समाजमा केही नयाँ कामका साथ जन्मदिन मनाउनुपर्नेमा उनले जोड दिएका छन् । उनले भने, ‘अनावश्यक खर्चको प्रवृत्ति हटाउनु पर्छ ।’ 

क्रेटर जोन एकेडमीका प्रीन्सिपल मीन बहादुर कार्कीले जन्मदिनको अवसरमा अत्यन्तै उदाहरणीय काम गरेकोमा नेपालीलाई धन्यवाद दिएका छन् । पहुँचभन्दा बाहिर रहेका र यस्ता अनाथ बालबालिकालाई सबैले यस्तै सहयोग गरेमा सबैलाई पहुँचमा ल्याउन सकिने समेत उनले बताए । अनाथ भएका बालबालिकाले शैक्षिक सामग्री पाउँदा खुसी व्यक्त गरेका छन् । नेपाली सामाजिक सेवा गर्दै आएका छन् ।  

No description available.


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल