जिल्ला स्थित सरोकारवालाको वैठक कोल्टीमा ।

Radio Budhinanda FM -   BFM || २०७८ ब‌ैशाख २० सोमबार

जीवन कैला काेल्टी

बाजुराको बुढीनन्दा नगरपालिकामा सरोकारवालाहरुका विच समन्वय तथा समिक्षात्मक वैठक आज सम्पन्न भएको छ । बाजुराको कुन्ना क्षेत्रका विभिन्न समस्याहरु माथि छलफल गर्दै सरोकारवालाहरुको वैठक आज कोल्टीमा सम्पन्न भएको हो । निर्वाचन क्षेत्र नंकका चारवटा पालिका मध्य तिनवटा पालिकाका प्रमुख, उपप्रमुख र जिल्ला स्थित विभिन्न निकायका प्रतिनिधि विच सम्पन्न वैठकले स्थानिय तहमा कोभिड १९ को अवस्था, यसको नियन्त्रणका लागि स्थानिय तहले खेलेको भुमिका र आगामि दिनमा गर्नुपर्ने काम लगायतका विषयमा छलफल भएको बताईएको छ । प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीको अध्यक्षतामा वसेको वैठकले विश्वमा वढ्दो क्रममा रहेको कोरोना भाईरस नियन्त्रणका लागि प्रत्यक स्थानिय तहमा अनिवार्य आईसोलेसन कक्ष स्थापना गर्ने छलफल भएको छ ।

अहिले नेपाल लगायत विश्वका विभिन्न मुलुकमा फैलिरहेको नयाँ भेरियन्ट सहितको कोरोना भाईरस रोकथाम तथा नियन्त्रणका लागि स्थानिय तहले निमार्ण गरेका आईसोलेसन कक्षमा अक्सीजन सहितको तत्काल ब्यवस्थापन गर्न पहल गर्ने लगायतका विषयमा वैठकले छलफल गरेको जनाईएको छ । जिल्ला स्थित सरोकारवाला र जनप्रतिनिधि विच सम्पन्न वैठकले प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा मेडिकल अधिकृतको तत्काल ब्यवस्थापन गर्ने पनि जनाएको छ । हाल प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा रिक्त रहेको मेडिकल अधिकृतको पदपुर्तिका लागि स्वास्थ्य मन्त्रालयलाई अनुरोध गर्ने वैठकले निकर्ष निकालेको छ । कुन्ना क्षेत्रका चार वटै स्थानिय तहमा हेल्थ डेस्क स्थापना गर्ने, आंैषधि उपकरणको ब्यवस्थापन गर्ने, कोेभिड नियन्त्रणका लागि सचेतना कार्यक्रम सञ्चालन गर्ने, वजारमा दैनिक उपभोग्य सामानको कालो वजारी र मुल्य वृद्धि गर्न नदिने लगायतका विषयमा वैठकमा छलफल भएको बताईएको छ । कोरोना भाईरसले विश्व नै अक्रान्त वनिरहेका वेला बाजुरामा परीक्षणको दायरामा कमजोरी देखिएको छ । जिल्ला वाहिरबाट भित्रिने कुनै पनि नागरीकको परीक्षण नहुदा समुदायमा पनि कोरोनाको असर पर्न सक्ने चिन्ता थपिएको स्थानियले बताएका छन ।


वैठकमा सदुरपश्चिम प्रदेश सांसद वल्देव रेग्मी, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख पदम कुमार गिरी, उपप्रमुख श्रृष्टि रेग्मी, जगन्नाथ गाउँपालिकाका अध्यक्ष काली बहादुर शाही, स्वामीकार्तिक खापर गाउँपालिकाका अध्यक्ष चीरन्जीवि शाही, समर जीत गुल्मका गुल्म पति शुनिल विष्ट, जिल्ला प्रहरी कार्यालय बाजुरा प्रमुख मदनजीत महरा, शसस्त्र प्रहरी वलका प्रमुख दिपक विष्ट, अनुसन्धान अधिकृत अशोकराज भट्ट, पुर्वाधार विकाश कार्यालय प्रमुख जंग थापा, नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेरबहादुर बुढा र रेडियो बुढीनन्दाका प्रवन्ध निर्देशक अनिल शाही लगायतको सहभागिता रहेको थियो ।

वैठक पछि प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी र बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरीले नेपाल खाद्य संस्थान कोल्टीको अनुगमन समेत गर्नुभएको बताईएको छ । अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी र नगरप्रमुख गिरीले खाद्य संस्थान कोल्टीमा खाद्यको मांैज्दाद नरहे पनि अभाव हुन नदिने बताउनुभएको छ । 



प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल