हिमाली गाउँपालिकामा कोरोना परीक्षण गर्न घरघरमा स्वास्थ्यकर्मी ।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १ शनिवार

जीवन कैला

जेठ १ बाजुरा 

बाजुराको हिमाली गाउँपालिकाले कोरोना भाईरस संक्रमणको परीक्षण गर्न समुदायस्तरमा स्वास्थ्यकर्मी परीचालन गरेको छ । पछिल्लो समय कोरोना भाईरसको संक्रमण समुदाय स्तरमा फैलिरहेको आसंकामा हिमाली गाउँपालिकाले समुदायका नागरीकको स्वास्थ्य परीक्षण गर्न आज बाट स्वास्थ्यकर्मीको टोली परीचालन गरेको हो । संक्रमित, सम्भाब्य स्थानबाट हिमाली गाउँपालिकामा भित्रिएका केहि नागरीकबाट समुदायमा कोराना संक्रमणको जोखिम निम्तीएको अवस्थामा वेलैमा नागरीकको स्वास्थ्य परीक्षण गर्नका लागि समुदायमा स्वास्थयकर्मीको टोली परिचालन गरेको हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लले बताउनुभयो । 


    जिल्लामा पछिल्लो समय कोरोना संक्रमितको संख्यामा वृद्धि हुदै गैरहेको अवस्थामा यसको असर समुदायमा पनि परेको बताउदै उहाँले हिमालीका सवै नागरीकको स्वास्थ्य परीक्षण हुने गरी औषधि उपकरण सहित स्वास्थ्यकर्मीको सिङ्गो टोली शुक्रवारबाट समुदायमा परिचालन गरेको बताउनुभयो । समुदायका नागरीक सामान्य विरामी परेका खवर सार्वजनिक भए पनि कोरोना होकि भन्ने डर, त्रासले स्वास्थ्य परीक्षण गर्न आनाकानी गरीरहेको अवस्थामा प्रत्यक स्थानियको घरदैलोमा पुगी स्वास्थ्यकर्मीले स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाका अध्यक्ष मल्लले बताउनुभयो । 


  गाउँपालिका ७ वटै वडाहरुका सबै समुदाय स्तरमा रहेका बस्ती, टोल र घरघरमा पुगि स्वास्थ्यकर्मीको टोलीले नागरिकहरुको स्वास्थ्य परीक्षण गर्ने गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत राजबहादुर भण्डारीले जानकारी दिनुभयो । गाउँपालिकाबाट स्वास्थ्य सुरक्षाका सामाग्रि सहित २२ जना स्वास्थ्यकर्मीको टोली स्थानियको स्वास्थ्य परीक्षणमा खटाएको उहाँले बताउनुभयो । गाउँपालिकामा कार्यरत स्टाफ नर्स, एच ए, अहेव र अनमी लगायतको टोली करीव एक हप्ता सम्म समुदाय स्तरमा रहने उहाँले बताउनुभयो । कोभिड १९ संग मिल्दा जुल्दा लक्षण भएका बिरामी समुदाय स्तरमा यत्रतत्र देखिन थालेपछी गाउँपालिकाले स्वास्थ्यकर्मीहरुलाई घर भेट कार्यक्रममा पठाएको निमित्त प्रमुख प्रशासकिय अधिकृत भण्डारीले बताउनुभयो । 


स्वास्थ्कर्मीले घर घरमै पुुगेर कोरोना बिरामीको खोजि तथा उपचार परामर्श र जनचेतना मुलक सन्देश प्रदान गर्ने गरेका उहाँले बताउनुभयो । अहिले पनि कोभिड १९ को कहरले समुदायका मानिसहरुमा त्रास फैलिएको भए पनि कोरोनाको आसंकाले स्वास्थ्य जाचँ गर्न नमानेका स्वास्थयकर्मीले बताएका छन । हिमाली गाउँपालिकामा पनि एक पछि अर्काे हुदै कोरोना संक्रमित थपिदै गईरहेको अवस्थामा गाउँपालिकाले सवै स्थानियलाई अनिवार्य स्वास्थ्य परीक्षण गर्न हुन आग्रह गरेको छ । यस जटिल अवस्थामा कोहि कसैले पनि हेलचक्राई नगर्न गाउँपालिकाले अनुरोध गरेको छ । 


स्वास्थ्यको पहुचँ सम्म पुग्न नसकेका वालवालिक जेष्ठ नागरीक र दिर्घरोगि लगायतको सहजताका लागि स्वास्थ्यकर्मी परीचालन गर्दै गाउँपालिकाले स्वास्थ्यमा सामान्य असर देखिएमा स्वास्थ्य चेकजाँचका लागि तत्काल स्वास्थ्य संस्था अर्थात स्वास्थ्यकर्मी संग सल्लाहा लिन पनि सुझाव दिएको छ । बाजुरामा जारी निशेधाज्ञालाई पनि हिमाली गाउँपालिकाले थप कडाई गरेको जनाएको छ । गाउँपालिकाले जिल्ला वाहिर बाट आवत जावत हुने सिमा नाकामा हेल्थ डेस्क सञ्चालनमा ल्याएको छ भने स्वयसेवक परीचालन गरी आजत जावतलाई पुर्ण प्रतिवन्ध लगाएको छ ।   



प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल