एमाले प्रदेश अध्यक्ष थापालाई ठुलाे झट्का उनकै वाडका अध्यक्ष नेकपा एसमा, एमाले अाेरालाे लाग्दै

Radio Budhinanda FM -   BFM || २०७८ भदौ १७ बिहिबार

नेकपा एमाले फुटको असर केन्द्र, प्रदेश, जिल्ला हुदै स्थानिय तहमा पनि परेको छ । प्रदेशका सांसदहरु, स्थानिय तहका प्रमुख उपप्रमुख देखि वडाअध्यक्ष लगायत स्थानिय जनप्रतिनिधि धमाधम पार्टी परीवर्तन र कित्ता किलिएरमा देखिएका छन । संघिय सरकार देखि स्थानिय सरकार सम्म यसको असर र प्रभाव देखिन थालेको छ । प्रदेशका सांसदले नेकपा एमाले पार्टी परीत्याग गरी एकिकृत समाजवादि पार्टी रोज्ने क्रम वढे संगै सरकार पनि फेर वदेल हुने सम्भावना देखिएको छ । पछिल्लो समय पार्टी फुट्ने र जुट्ने क्रम वढे संगै सत्ता सकिरणमा पनि दाउपेज हुन थालेको छ । 

पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपा एमाले परीत्याग गरी एकिकृत सामाजवादिमा प्रवेश गर्नेको संख्या वढ्न थालको नेताहरुको दावि छ । माधव कुमार नेपालले नेतृत्व गरीरहनुभएको एकिकृत समाजवादि पार्टी पछिल्लो समय बलियो वन्ने आधार देखिएको छ । नेकपा एमाले विभाजन पश्चात अधिकासं नेता तथा कार्यक्रताले नेकपा एकिकृत समाजबादी रोजेपछि नेपालको पार्टी वलियो बन्ने निश्चित भएको हो । बाजुराको बुढीगँगा नगरपालिका वडा न ९ का वडा अध्यक्ष भरत थाापा नेकपा एसमा लाग्नुभएको छ । २०७४ को स्थानिय निर्वाचनमा एमालेबाट चुनाव जीत्नुभएका थापा पार्टी विभाजन पछि नेकपा एमाले परीत्याग गरी एकिकृत सामाजवादी पार्टीमा लाग्नुभएको हो । 

पार्टी विभाजनको अध्यादेश जारी पश्चात थापाले आफु नेकपा एसमा रहने प्रष्ट पानुभएको छ । कम्युनिस्ट पार्टीमा थापाको कार्यशैली, ब्यबहार र बा प्रवृति हावि भएको हुदा आफुहरू नेकपा एमाले छोडेर नेकपा एकिकृत समाजबादीमा लागेको वडा अध्यक्ष थापाले बताउनु भएको छ । नेकपा एमालेकै नेतृत्वको कार्यशैली र गुटगत राजनितिले पछिल्लो समयमा बाजुरामा एमाले कमजोर हुदै गएको छ । नेकपा एमाले बाजुराका संस्थापक नेता पुर्वमाननिय हिक्मत जंग शाही समेत नेकपा एसमा लाग्ने देखिय पछि जिल्लामा फेरी उत्साह थपिएको र कार्यकार्ताहरू दिन प्रतिदिन नेकपा एकिकृत समाजबादिमा लाग्न थालेको युवा नेता रत्नचन्द्र जोशीले बताउनुभएको छ ।

नेकपा एमाले सुदुरपश्चि प्रदेश कमिटी अध्यक्ष कर्ण बहादुर थापा निकटका वडा अध्यक्ष लगाएत जनप्रतिनिधि नेकपा एकिकृत समाजबादिमा खुले पछी अध्यक्ष थापालाई सवैभन्दा ठुलो झट्का लागेको छ । नेकपा एमालेको बलियो मानिने सुदुरपश्चि प्रदेश लगायत जिल्लाका केहि जनप्रतिनिधिले पछिल्लो घटना क्रममा नेकपा एमाले पार्टी परीत्याग गर्दै एकिकृतमा लाग्न थाले पछि पार्टी कमजोर हुने देखिएको छ । सदुरपश्चिम प्रदेशका अध्यक्ष समेत रहनुभएका थापाको गृह जिल्ला बाजुराका वडाअध्यक्ष देखि प्रदेश सांसदले साथ छोडे पछि थापा कमजोर देखिनु भएको छ । प्रदेश अध्यक्ष समेत भई सक्नुभएका थापाकै गृह नगरका वडा अध्यक्ष लगाएत जनप्रतिनिधिलाई समेत आफ्नो पार्टीमा राख्न नसक्नु र जनप्रतिनिधि गुमाउन पुग्नु प्रति अध्यक्ष थापाको राजनिति माथी प्रश्न खडा भएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल