बाजुराका चार सामुदायीक विद्यालयद्धारा वार्षिक नतिजा प्रकाशन

Radio Budhinanda FM -   BFM || २०७८ जेठ ३० आइतबार

जीवन कैला

बाजुराका चारवटा सामुदायीक विद्यालयले आज शैक्षिक सत्र २०७७ को वार्षिक नतिजा प्रकाशन गरेका छन । स्वामीकार्तिक खापर गाउँपालिकाका दुई र जगन्नाथ गाउँपालिकाका दुई गरी चार वटा सामुदायीक विद्यालयले शैक्षिक सत्रको वार्षिक परीक्षाफल प्रकासन गरेका हुन । यस अघि लिइएको प्रथम त्रैमासिक र अर्धबार्षिक परीक्षाका आधारमा आन्तरिक मूल्याङ्कन गरी सम्पूर्ण विद्यार्थीको परीक्षाफल प्रकाशन गरिएको सम्वन्धित विद्यालयले जानकारी दिएका छन ।

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक जोरुमा रहेको सत्यसाहि आधारभुत विद्यालय, वडा नं दुईको डिम्वरपानीमा रहेको कालिका आधारभुत विद्यालय, जगन्नाथ गाउँपालिका जगन्नाथ गाउँपालिका वडा नं दुईको मल्लो हुनिमा रहेको विरुवा आधारभुत विद्यालय, वडा नं तिन मनिकाडाँमा रहेको महादेव आधारभुत विद्यालयले वार्षिक नतिजा सार्वजनिक गरेका शिक्षकले बताएका छन । स्वामीकार्तिकको सत्यसाहि आधारभुत विद्यालयले कक्षा १—३ को परीक्षाफल प्रकासन गरेको विद्यालयका प्रधानाध्यापक जन कडाराले जानकारी दिनुभयो । कालिका आधारभुत विद्यालयले १—५ सम्मको नतिजा प्रकाशन गरेको विद्यालयका प्रधानाध्यापक केशव वुढाले बताउनुभयो । त्यस्तै जगन्नाथको मनिकाडाँमा रहेको महादेव आधारभुत विद्यालयले कक्षा १—८ सम्मको नतिजा प्रकासन गरेको प्रधानाध्यापक पदम बहादुर शाहीले जानकारी दिनुभएको छ । शैक्षिक सत्र २०७८ का लागि असार १ गते देखि विद्यार्थी भर्ना अभियान शुरु हुने भएकाले कोरोना महामारीको संक्रमणका कारण स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउदै उचित सामाजिक दुरी कायम गरेर विद्यालयमा भर्ना हुन आउन अर्थात अभिभावकलाई पठाउन विद्यालयले आग्रह गरेको छ । त्यस्तै मल्लो हुनिमा रहेको विरुवा आधारभुत विद्यालयले पनि १—५ सम्मको वार्षिक परीक्षाफल प्रकाशन गरेको विद्यालयका प्रधानाध्यापक नन्दबहादुर विष्टले जानकारी दिनुभएको छ ।

प्रधानाध्यापक विष्टको संयोजकत्वमा विद्यालयमा गठन भएको विषयगत र मनोनित शिक्षकको मूल्याङ्कन समितिको निर्णय वमोजिम नतिजा सार्वजनिक गरेको उहाँले बताउनुभएको छ । कोरोना महामारीका कारण विद्यालयको परीक्षा प्रभावित भएको र हाल विद्यालय वन्द अवस्थामा रहेका भए पनि सरकारले असार १ देखि शैक्षिक सत्र शुरु गर्ने निर्णय गरे संगै बाजुराका सामुदायीक विद्यालय वार्षिक नतिजा सार्वजनिक गर्ने गृहकार्यमा जुटिरहेका छन । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल