बाजुराका बैङ्क तथा वित्तिय संस्थामा भिडभाड वढ्दो, संक्रमण फैलिदा पनि नागरीक सचेत देखिएन्न ।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १ शनिवार

जीवन कैला, रेडियो बुढीनन्दा, कोल्टी बाजुरा

विश्वमा फैलिरहेको नयाँ भेरीयन्ट सहितको कोरोना भाईरसको संक्रमणले बाजुरामा ठुलो असर पारीरहेको छ । पछिल्लो समय बाजुरामा कोरोनाको संक्रमण दर तिर्व रुपमा फैलिरहदा यसको सावधानि र सचेतका कुनै पनि गतिविधि नभएका पाईएको छ । बाजुरामा एक पछि अर्काे हुदै कोरोनाका संक्रमित दिन प्रतिदिन वृद्धि हुदै गएको अवस्थामा नागरीकमा भने ठुलो त्रास फैलिरहेको छ । यसले भवावह रुप लिन सक्ने अवस्थामा हामीले समयमा सचेत र सावधानि अपनाउनु पर्ने अवस्थामा भने बाजुराको बुढीनन्दा नगरपालिका वडा नं २ कोल्टीमा रहेको राष्ट्रिय वाणिज्य वंैक शाखामा भने यसको कुनै असर नपर्ला जस्तो देखिएको छ ।


दैनिक वंैकमा भुक्तानि लिनेको संख्यामा कमि आउन सकिरहेको छैन । बाजुरामा जारी निशेधाज्ञाको समयमा पनि कुनै स्वास्थय मापदण्ड नअनाई वंैकमा भुक्तानि लिनेको भिडभाडले एक अर्कामा संक्रमणको त्रास फैलिएको छ । वंैकमा वढि जसो सामाजिक सुरक्षा भत्ता लिन आउनेको संख्या बढीरहेकाले भिडभाड वढिरहेको राष्ट्रिय वाणिज्य वंैक शाखा कोल्टीका प्रमुख कमल शिहं ऐरले बताउनुभयो । हाल नेपाल सरकारले बैङ्क तथा वित्तिय संस्था वन्द नगर्ने निर्णय गरे बमोजिम कोरोनाको उच्च जोखिममा रहेर सेवा प्रदान गर्नुपर्ने वाध्यता रहेको उहाँले जानकारी दिनुभयो । वैङकले उचित सामाजिक दुरी कायम गर्न र मास्क अनिवार्य लगाएर आउन सेवाग्राहीलाई आग्रह गरेको भए पनि सेवाग्राहि विना स्वास्थय मापदण्ड भुक्तानि लिन आएका उहाँले बताउनुभयो ।

अहिले सामाजिक सुरक्षा भत्ता लिन अउनेको संख्या बढी छ उहाँले भन्नुभयो । बैङ्कहरु बढी जोखिममा रहेकाले काम गर्न समेत निकै गाह्रो भएको र आफूहरुले पनि भिडभाड नगर्न आग्रह गर्ने गरेको ऐरले बताउनुभयो । पहिलो जीवन ठूलो कुरा हो, तपाईको पैसा काहि पनि जाँदैन भन्दै सम्झाउदा समेत सेवा ग्राहिले नमान्ने गरेकाले अप्ठेरो भई रहेको उहाँको भनाई छ । सामाजिक सुरक्षा भत्ता लिन आउनेको सेवाग्राहिको संख्यालाई नियन्त्रणमा ल्याउन गारो भएको वंैक स्रोतले जनाएको छ ।


नागरीकमा परीक्षण नभएकाले को संक्रमित हो को हाईन भन्ने पनि छुट्याउन नसक्ने अवस्थामा आफु पनि कुन वेला संक्रमित हुने हो भन्ने चिन्ता थपिएको वंैक शाखाका गार्डहरुले गुनासो गरेका छन । वंंैकमा भत्ता लिन आएका सेवाग्राहिलाई मास्क अनिवार्य लगाउनुहोस, सामाजिक दुरी कायम गर्नुहोस, भिडभाड नगरी एक अर्का संग नजिक नवस्नुहोस भन्दा सेवाग्राहिले उल्टै थर्काउने गरेका उनिहरुले बताएका छन ।

वंैकमा कार्यरत तिन जना कर्मचारीमा कोरोनाको संक्रमण पुष्टि भई सक्दा पनि नागरीक भने सचेतना नअनाएको बताईएको छ । कोरोना संक्रमित भएका दुईजना वंैक कर्मचारी र एक जना गार्ड अहिले होम आईसोलेसनमा स्वास्थ्य लाख गरीरहेका वंैकले जनाएको छ । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल