बजार सरसफाइमा निस्कीएका नगरप्रमुख गिरीमाथि स्थानियको आक्रोस ।

Radio Budhinanda FM -   BFM || २०७७ फाल्गुण ८ शनिवार

जीवन कैला, बाजुरा । 

बाजुराको बुढीनन्दा नगरपालिकाका नगरप्रमुख पदम कुमार गिरी माथि स्थानिय आक्रोसित भएका छन । शुक्रवार कोल्टी बजारको सरसफाईमा निस्कीएका नगरप्रमुख गिरी माथि स्थानियले विच सडकमै आक्रोस पोखेका हुन । ७१ आंै प्रजातन्त्र दिवसको अवसर पारी कोल्टी बजारको सरसफाईमा निस्कीएका नगरप्रमुख गिरी लगायत जनप्रतिनिधि माथि स्थानियले कोल्टीमा खानेपानीको ब्यवस्थापन नगरीएको भन्दै विच सडकमै भाडाँकुडा विछाएर घेराउ गरेका बताईएको छ । 

कोल्टी बजारमा भएको फोहोर टिप्न भन्दै बजार सरसफाईमा निस्कीएको नगरप्रमुख गिरी संगै जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, प्रहरी प्रशासन, पत्रकार लगायत सरोकारवालाको टोलिलाई स्थानियले केहि समय घेराउ गरेका थिए । लामो समय देखि अस्त ब्यस्त वनेको कोल्टीको खानेपानी ब्यवस्थापन नभएको भन्दै स्थानियले आक्रोस पोखेका हुन । विगत लामो समय देखि विकराल वनेको खानेपानी हाल सम्म पनि ब्यवस्थापन नभएको भन्दै तत्काल ब्यवस्थापन हुनुपर्ने माग राखेका छन । 

स्थानिय सरकार आएको तिन वर्ष विति सक्दा सम्म पनि कोल्टीको खानेपानीको अवस्था दयनिय वनेकाले अवको एक हप्ता भित्रै खानेपानी ब्यवस्थापन गरीदिन स्थानिय जनप्रतिनिधिलाई आग्रह गरेका छन । कोल्टीमा खानेपानीको प्रयाप्त ब्यवस्थापन नहुदा पनि सरसफाईमा समस्या देखिएको छ । ब्यवसायीको होटल पसलबाट निस्केको फोहोरमैलाले कोल्टी बजार दुर्गन्दित वन्दै गएको छ भने सडक जता ततै फोहोर देखिन थालेको छ । नगरपालिकाले केहि क्षणका लागि फोहोर पन्छाउने काम गरेको भए पनि यसको दिगो ब्यवस्थापन हुन नसकेको स्थानियको आरोप छ । 

फोहोरको डगोंलमा रहेको कोल्टी बजार सरसरफाई अभावका कारण अहिले पनि दुर्गन्धित वन्दै गएको छ । सार्वजनिक शांैचालय, गाडि पार्कीगको ब्यवस्थापन र उचित ढलनिकासको ब्यवस्थापन नभएका कारण वर्षाको समयमा वजार हिलाम्मे र हिउदको समयमा सुख्खामय वन्नुका साथै सडकको छेउछाउमा फोहोरका थुप्रा देखिन छोडेको छैन । नगरपालिकाले पनि वजार सरसफाईको आवश्यक निति नवनाउदा थप चुनौति थपिएको छ । ढल नालिकोको उचित ब्यवस्थापन नहुदा ब्यवसायीको होटल तथा पसलबाट निस्कीएको ढल र विभिन्न किसिमको फोहोरमैला अहिले सडकको छेउछाउमा देखिन थालेको स्थानियले बताएका छन । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल