भीरबाट लडेर गम्भिर भाईते गिरीको अवस्था जटिल, तिन दिन सम्म पनि उद्धार भएन ।

Radio Budhinanda FM -   BFM || २०७८ असार ४ शुक्रबार

जीवन कैला,

बाजुरामा भरिबाट लडेर गम्भिर घाईते एक किशोरीको हाल सम्म पनि उद्धार हुन सकिरहेको छैन । बाजुराको बुढीनन्दा नगरपालिका वडा नं एक रावतवाडाकी ललिता गिरीको तिन दिन सम्म पनि उद्धार हुन नसकेको परीवारले जनाएको छ । गत १ गते घाँस काट्न जाने क्रममा घर नजिकैको भीरबाट लडेर गम्भिर भाईते गिरीको तिन दिन विति सक्दा पनि उद्धार हुन नसकेको हो । अवस्था जटिल भएकी १६ वर्षिया किशोरीलाई थप उपचारका लागि सुविधा सम्पन्न ठाउँमा लैजानु पर्ने भए पनि मौषम प्रतिकुलका कारण उद्धारमा समस्या देखिएको वुवा देवि गिरीले गुनासो गर्नुभयो ।


कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार सम्भव नभए पछि स्वास्थ्यकर्मीले तत्काल रिफर गरे पनि हाल सम्म उनको उद्धार हुन नसके पछि थप चिन्ता थपीएको गिरीले बताउनुभयो । गम्भिर अवस्थाकि छोरीको उद्धारका लागि सुदुरपश्चिम प्रदेश सरकार संग समन्वय भए पनि बाजुरामा निरन्तर वर्षाता कारण हेलिकप्टर आउन नसक्दा उद्धारमा समस्या भएको उहाँले बताउनुभयो । टाउको, घाटी र ढाडमा गम्भिर चोट लागेकि गिरीको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार सम्भव नभए पछि सुविधा सम्पन्न ठाउँमा लैजानु पर्ने भए पनि उद्धारमा समस्या हुदा अवस्था थप जटिल वन्दै गएको स्वास्थ्यकर्मीले बताएका छन ।


बुढीनन्दा नगरपालिका वडा नं एक रावतवाडाकी १६ बर्षिया किशोरी ललिता गिरी गत १ गते अपरान्न भीरबाट लडेर घाइते भएकी थिइन । उनको अहिले अक्सीजनको भरमा प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उपचार भईरहेको छ । घाँस काट्न गएका बेला भिरबाट लडेर गम्भीर घाइते गिरी वडा नं एकको चन्दनाथ आधारभूत विद्यालयमा कक्षा ७ मा अध्ययनरत रहेकि छन । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल