बुढिनन्दा कर्मचारी एकता केन्द्र द्वारा कोभिड विरुद्धको सहयोग अभियानमा ५० हजार सहयोग ।।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १३ बिहिबार

महेश  कार्की

       बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा अक्सीजन शिलिन्डर लगायत अत्यावश्यक स्वास्थ्य सामाग्री खरिद गर्न सञ्चालित कोभिड विरुद्धको सहयोग अभियानमा सहयोग रकम संकलन कार्य जारी रहेको छ । कोभिड महामारीबाट बाजुरा पनि प्रभावित रहेको र उत्तरपूर्वी क्षेत्रका स्थानिय तहहरुमा समेत संक्रमण ब्यापक रुपमा फैलिए पछि कोल्टीका नागरिक अगुवाहरुले अक्सीजन शिलिन्डर खरिद गर्न सो अभियान शुरु गरेका हुन ।

अभियानमा आज बुढीनन्दा कर्मचारी एकता  केन्द्रले ५० हजार रुपैया सहयोग गरेको छ । एकता  केन्द्रका अध्यक्ष जसी विकले यो अभियानमा आफूहरुको ऐक्यवद्धता रहेको बताउनुभएको छ । आफूहरुको तर्फबाट सहयोग होस भन्ने उदेश्यले सहयोग गरेको बताउदै स्वास्थ्य संयोजक विकले आगामी दिनमा पनि सहयोग गर्न तयार रहेको बताउनुभयो । त्यस्तै जापानको ओवाओ शहरमा अध्ययनका क्रममा रहेका बुढीनन्दा नगरपालिकाका वडा नं ६ लाटुवस्तीका स्थानिय पवन जोशीले ५ हजार रुपैया सहयोग गर्नुभएको हो ।

यस्तै स्वामीकार्तिक खापर गाउँपालिका वडा ४ वाई निवासी तथा हाल कैलालीको घोडाघोडी नगरपालीका १ लक्ष्मीपुर बस्ने नेपाल प्रहरीका सहायक निरीक्षक सन्तोष गिरीले ३ हजार सहयोग गर्नुभएको छ । उहाँहरुले सहयोग गरे संगै हाल सम्म सो अभियानका लागि १ लाख ९६ हजार रुपैया रकम सहयोग जम्मा भएको हो । सहयोग अभियान सञ्चालन भएको झण्डै एक हप्ताको अवधिमा सो रकम संकलन भएको अभियान समितिले जनाएको छ ।

अहिलेको आपतकालिन अवस्थामा मानव भएको नाताले मानवलाई बचाउने अभियान भएकाले यसमा कसैले पनि कुनै संका नगरेर सहयोग गर्न अभियानका संयोजक जनम धामीले बताउनुभयो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा अक्सीजनको ब्यवस्थापनका लागि हाल काठमाण्डौंमा अक्सीजन शिलिन्डरको ब्यवस्थापन गर्ने कार्य भैरहेको छ । अभियानका सदश्य महेश शाहीले हाल सम्म १० वटा अक्सीजन शिलिन्डरको ब्यवस्था भैसकेको र अरु खोजी जारी रहेको बताउनुभएको छ ।

कोरोना महामारीको अवस्थामा अक्सीजन शिलिन्डर सहजै पाउन गाह्रो भएकाले ब्यवस्थापनका लागि विभिन्न स्थानमा खोजी भै रहेको उहाँले जानकारी दिनुभएको छ ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल