युवा उद्यमी मिजारद्धारा मृगौला पीडित जैशीलाई आर्थिक सहयोग ।

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १३ बिहिबार

सर्मीला राेकाया

बाजुराको बुढीगंगा नगरपालिका वडा नं ५ कि युवा उद्यमी सुशिला मिजारले मृगौला पिडित राम प्रशाद जैशीलाई आर्थिक रकम सहयोग गर्नुभएको छ । विगत लामो समय देखि उपचार अभावमा तत्पीनुभएका मृगौला पीडित जैशीलाई आज युवा उद्यमी मिजारले २ हजार आर्थिक रकम सहयोग गर्नुभएको हो । उहाँले दिनभरी गिट्टी कुटेर जम्मा गरेको २ हजार रकम आज मृगौला पीडित राम प्रसाद जैशी वचाउ अभियानका अभियान्ता मदन जैशिलाई हस्तान्त्रण गरेको जानकारी दिनुभएको छ ।

दिन भरी गिट्टी कुटी जम्मा गरेको रकम जैशीको उपचारका लागि केहि राहात होस भन्ने उदेश्यले सहयोग गरेको उहाँले बताउनुभएको छ । सेवा नै धर्म हो भन्ने नेपाली उखानलाई आत्म साथ गर्दै आफुले गिट्टी कुटेर थुपारेको रकम मृगांैला पीडित जैशीलाई सहयोग गरेको युवा उद्यमी मिजारले बताउनुभएको छ । आर्थिक अभावले उपचार नपाएका मृगांैला पीडित जैशीलाई केहि सहज होस भन्ने उदेश्यले थोरै रकम भए पनि आफुले सहयोग गर्न पाउदा खुशि लाएको उहाँले बताउनुभयो ।

एक छाक नास्ता, चिया नखाई वचाएको केहि रकम समाजमा रहेका अशक्त, अपांग र दिन दुखिहरुलाई सहयोग गर्दै आएको मिजारको भनाई छ । विभिन्न समस्यामा परेका नागरीकलाई सहयोग गर्दै आएको बताउदै उहाँले आगामी दिनमा पनि आफु सहयोग गर्न तयार रहेको बताउनुभयो ।

सहयोगी भावना भएकि महिला शशक्त मिजारले यस अघि पनि कोरोना माहामारीको संकटमा जिल्ला अस्पताल बाजुरालाई अक्सीजन सिलिण्डर खरिदका लागि ५ हजार रकम सहयोग गर्नुभएको थियो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल