ताँप्रीसेराको बस्ती जोगाउन मन्त्री शाहद्धारा ५० लाख विनियोजन

Radio Budhinanda FM -   BFM || २०७८ जेठ १६ आइतबार

 जिल्लाको बुढीगंगा नगरपालिकाको १ र २ मा पर्ने ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिन जोगाउन सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश बहादुर शाहले ५० लाख बजेट विनियोजन गरेका छन् ।

मन्त्री शाहले ताँप्री सेराको मानवबस्ती र खेतियोग्य जमिनलाई मध्येनजर गरी आजकै मितिमा कार्यान्वयन हुने गरि उक्त स्थानमा तटबन्धन निर्माणका लागि ५० लाख बजेट बिनियोजन मन्त्रीका स्वकीय सचिव जंग विकले बताएका छन् ।

साँफे मार्तडीसडक खण्ड अन्तरगत पर्ने घट्टे खोलामा गत वर्ष आएको बाढीले मोटरेवल पक्की पुलसहित, खेती योग्य जमिन बगाउनुका साथै बस्ती समेत जोखिममा परेको थियो । बाढीले बगाएको सो बस्ती सहित बुढीगंगा नदिमा आएको बाढीले जडाङ्गामा रहेको बेलिव्रिज पुल, ५ वटा झुलङ्गे पुल बगाएको थियो । त्यस्तै बाढीले घाघर, पानीनाउला, जडाङ्गा, ओलेना, तिपाडा, भौनेर, रापक, अजयटुट्की, लगायतका ठाउँहरुमा क्षती भएपछि पुर्व गृहमन्त्री रामबहादुर थापा बादलसहितको टोलीले संयुक्त अनुगमन गरेको थियो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल