सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले आर्थिक प्रगतिका लागि काम गर्न पाइएन : मन्त्री गुरुङ

Radio Budhinanda FM -   BFM || २०७७ मङ्सिर २८ आइतबार

सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सरकारलाई असफल बनाउने प्रयास भइरहेकाले देशमा आर्थिक क्रान्ति सुरु हुन नसकेको दाबी गरेका छन् । 

नेपाल हस्तकला महासंघको ४८औँ वार्षिकोत्सव एवं नवौँ हस्तकला दिवसको अवसरमा आइतबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले राजनीतिक स्थिरता कायम भएपछिको सरकारलाई पनि असफल बनाउने प्रयास हुँदा देशमा आर्थिक क्रान्तिको सुरुवात हुन नसकेको बताए । 

सरकारलाई असफल बनाएर नेपालमा बहुमतको सरकार टिक्न सक्दैन भन्ने सन्देश दिन धेरै खेल खेलिएकोे पनि मन्त्री गुरुङले बताए । 

नेपाललाई छिमेकी मुलुकहरूले गरिखाएको देख्न नचाहने परिस्थितिले पनि राजनीतिक स्थिरता कायम हुन नसकेको टिप्पणी मन्त्री गुरुङले गरे । 

राजनीतिक पार्टीहरू र नेताहरूको बीचमा देखिएको असन्तुष्टिले फेरि पनि देशलाई असफल बनाउने दिशातर्फ धकेल्ने बताए । 

देशमा कुनै एक पार्टीको सरकार टिकाउने वा नटिकाउने भन्दा पनि मुलुकलाई स्थिरतातर्फ लैजाने समृद्धितर्फ लैजानको निम्ति वातावरण बन्नुपर्ने उनको भनाइ छ । 

तर, त्यस्तो वातावरण बन्न नसक्दा उद्योग व्यवसाय प्रभावित भएको मन्त्री गुरुङले बताए । 

हस्तकला उद्योगका समस्या समाधान गर्न कस्तो कानुन आवश्यक पर्छ सम्बन्धित मन्त्रालयमार्फत सुझाब दिन पनि मन्त्री गुरुङले आग्रह गरे ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल