रेडियो बुढीनन्दाको समाचार प्रभाव, स्वामीकार्तिकको प्याजले बजार पायो ।

Radio Budhinanda FM -   BFM || २०७८ साउन २३ शनिवार

जीवन कैला रेडियाे बुढीनन्दा

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका वडा नं एक वाहुँनिमा उत्पादित प्याजको ढुवानी कार्य सुरु भएको छ । कृर्षि ज्ञान केन्द्र बाजुरा र कृर्षि शाखा स्वामीकार्तिकले विक्रि वितरणको जिम्मा लिए संगै आजबाट ढुवानी कार्य सुरु भएको हो ।

जिल्ला सदरमुकाम मार्तडि सम्म खच्चर मार्फत प्याज ढुवानी भएको कृर्षि ज्ञान केन्द्र बाजुराले जनाएको छ । वाढि पहिरोका कारण क्षेदविक्षेद बनेको सडकको अवस्था सहज नहुदा खच्चडबाट ढुवानी गर्नु परेको कार्यालय प्रमुख गोविन्द सिजापतिले जानकारी दिनुभयो ।

आजै ढुवानी भएको १४ क्विन्टल प्याज मार्तडि आईपुगेको कार्यालय प्रमुख सिजापतिले बताउनुभएको छ । कृर्षि ज्ञान केन्द्र बाजुराले केजीको ५० रुपंैयाँमा किसानसंग सम्झौता गरी ढुवानी प्रक्रिया सुरु गरेको उहाँले बताउनुभएको छ । जसमा केजीको ४० रुपंैया किसानले पाउने छन भने १० रुपंैया ब्यवस्थापनका लागि छुट्याईएको छ ।

कृर्षि ज्ञान केन्द्र बाजुरा र कृर्षि शाखा स्वामीकार्तिकको साझेदारीमा ढुवानी भएको प्याजको बजारीकरण भएको छ । घरमा भण्डारण गरी कुहिन थालेको प्याजले बजार पाउने भए पछि स्थानिय पनि खुशि भएका छन । खेतबाट निकालेको प्याजले करीव एक महिना सम्म बजार नपाए पछि चिन्तीत देखिएका किसान प्याज ढुवानी हुन थाले पछि खुशि देखिएका छन ।


वडा नं एक वाहुनिका ४० वढि स्थानियले उत्पादन गरेको प्याजले बजार नपाए पछि किसान चिन्तीत वनेका रेडियो बुढीनन्दाले गत १५ गते समचार सहित रिपोर्ट प्रशारण गरेको थियो । रिपोर्ट समचार प्रशारण भएको एक हप्ता पछि प्याज ढुवानी हुन थालेको स्थानियले बताएका छन । 


प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
Kolti, Bajura
+977-9868433546
+977-9865747576
budhinandafm@gmail.com

व्यास्थापक:-
प्रधान सम्पादक:- 
सम्पादक:- 
सम्पादक:- 
रिपोर्टर:- 
कानुनी सल्लाहकार:-


सामाजिक संजाल